२१ जेठ २०८३, बिहीबार

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

असार ६, २०८०
ताप्लेजुङ
चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
फाइल फोटो

३१ वर्षीया श्रीमती निशा राईको हत्या गरेको आरोपमा ताप्लेजुङबाट एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ सिकैचा का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राई रहेका प्रहरीले जनाएको छ । 

लक्ष्मणले भान्सा कोठामा चिर्पटले टाउँकोमा प्रहार गर्दा निशाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे सूचना प्राप्त हुनसाथ अस्थायी प्रहरी चौकी

काडेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई बुधवार बिहान पक्राउ गरेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्