३१ असार २०८३, बुधबार

३० दिनभित्र सबै विवरण बुझाउन सहकारीलाई काठमाडौं महानगरको निर्देशन, नबुझाए कारवाही गर्ने

असार १३, २०८०
काठमाडौं
३० दिनभित्र सबै विवरण बुझाउन सहकारीलाई काठमाडौं महानगरको निर्देशन, नबुझाए कारवाही गर्ने

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले बुधवार सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण पेश गर्न निर्देशन दिएको हो । 

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारवाही गर्ने चेतावनी दिइएको छ ।

'सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारीले सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ,' सूचनामा भनिएको छ, 'अन्यथा कानुन बमोजिम कारबाही गरिनेछ ।'

पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्