२२ असार २०८३, सोमबार

निजी अस्पताललाई स्वास्थ्य बीमा नदिने सरकारको तयारी

असार १३, २०८०
काठमाडौं
निजी अस्पताललाई स्वास्थ्य बीमा नदिने सरकारको तयारी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमा नदिने मनस्थितिमा सरकार पुगेको बताएका छन् । बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमा नदिने बताएका हुन् । 

स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको उनले बताए । बिरामी नभएकालाई डकुमेन्ट बनाएर खर्च गराउने कुरा नियन्त्रण हुन जरुरी रहेको उनको भनाइ छ । ‘स्वास्थ्य बीमा नभई नहुने कार्यक्रम हो । तर सही ढंगबाट भइसकेको छैन,' उनले भने, 'धेरै कुरा हामीले सुधारेर जानुपर्ने स्थिति छ । निजी अस्पताल र मेडिकल कलेजलाई अब स्वास्थ्य बीमा दिने कि नदिने ? लगभग नदिने कुरामा राज्यले धारणा बनाइसकेको छ ।’

मन्त्री बस्नेतले १० प्रतिशत उपचारसहितको बेड निःशुल्क गर्ने काम अहिले लागू भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्