३१ असार २०८३, बुधबार

लुम्बिनी प्रदेशसभाबाट बहुमतले पारित भयो विनियोजन विधेयक

असार १९, २०८०
बुटवल
लुम्बिनी प्रदेशसभाबाट बहुमतले पारित भयो विनियोजन विधेयक
फाइल फोटो

लुम्बिनी प्रदेशसभाले २०८०/८१ का लागि विनियोजन विधेयक पारित गरेको छ ।

आज बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव  प्रस्तुत गरे पनि प्रतिपक्षको विरोधका कारण छलफल भने हुन सकेन । 

छलफल नभएपछि सभामुखले निर्णायार्थ पेश गरेको विधेयकलाई बहुमतले पास गरेको हो । प्रदेशसभामा एमालेका सांसदहरूले खारेज भएका निर्देशनालयहरू फिर्ता ल्याउनुपर्ने माग गर्दै शुरुदेखि नै आन्दोलन गरिरहेका छन् ।

दिउँसो साढे १ बजेदेखि शुरु भएको बैठक एमाले सांसदहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्