

काठमाडौँ, २६ भदौ । छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वाङन्दोङ प्रान्तको सेन्जेन सहरमा रहेको सेन्जेन इन्टरनेसनल साइन्स एण्ड टेक्नोलोजिज विजेनेस प्लाटफर्मको भ्रमण गर्नुभयो ।
आज बिहान उहाँले त्यहाँको अवलोकन गरी उक्त सहरमा भएको विकास र त्यहाँको औद्योगिक विकासलाई नेपालमा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको उहाँका जनसम्पर्क तथा पेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो । सोही अवसरमा त्यहाँस्थित मेडिकल सामग्री उत्पादन गर्ने कम्पनी मिण्ड्रीको अवलोकन गर्नुभयो ।
उक्त कम्पनीले विश्वका विभिन्न मुलुकमा एक्सरे मिसिन, एमआरआई,अल्ट्रासाउन्डलगातका अत्याधुनिक मेडिकल सामग्रीको उत्पादन गरी बिक्री गर्दै आएको छ ।
उपप्रधानमनत्री महरा आज राति स्वदेश फकिँदै हुनुहुन्छ ।