
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए को कसिलो बलिङविरुद्ध नेपालले कमजोर शुरूआत गरेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले शुरूआतमै महत्वपूर्ण तीन विकेट गुमाएको छ ।
कोलम्बो क्रिकेट क्लबको मैदान टस जितेर नेपालले ब्याटिङ रोजेको थियो ।
शुरूआती चरणमै नेपालका दुवै ओपनर आउट भएका छन् । कुशल भुर्तेल ६ बल खेलेर १ रनमा आउट भए भने आशिफ शेख १२ बलमा १२ रन बनाएर आएट भए ।
नेपालले शुरूआतमै तेस्रो र चौथो विकेट पनि गुमाएको छ । कप्तान रोहित पौडेल पनि ४ रन मात्रै बनाएर आउट भए भने भीम शार्की खाता पनि नखोली आउट भए ।
नेपालले सात ओभरको खेल चलिरहँदा पाँच विकेट गुमाइ सकेको छ । नेपालको स्कोर जम्मा ३७ रन छ ।
नेपालले दोस्रो खेलमा सोमवार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार युएई ए सँग खेल्नेछ ।