०६ असार २०८३, शनिबार

देशभर ५३ प्रतिशत मात्रै रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले कम

असार २९, २०८०
काठमाडौं
देशभर ५३ प्रतिशत मात्रै रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले कम
फाइल फोटो

मुलुकभर ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार गरेको असार २९ गतेसम्मको धान रोपाइँको  तथ्यांकअनुसार मुलुकभर ५३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न छ । 

गत वर्ष २०७९ को असार २९ सम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको  थियो । गत वर्षको तुलनामा यो वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको छ ।​

विशेषगरि मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण कम रोपाइँ भएको विभागको अनुमान छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइँ थोरै प्रभावित भएको विभागले जनाएको छ ।

मनसुन सक्रिय भइरहँदा तथा रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा रोपाइँको प्रतिशत बढ्न सक्ने विभागको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्