२२ असार २०८३, सोमबार

११ महिनापछि बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकका लागि गगन थापाले मागे सुझाव

असार ३१, २०८०
काठमाडौं
११ महिनापछि बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकका लागि गगन थापाले मागे सुझाव
फाइल तस्बिर

नेपाली कांग्रेस महामन्त्री गगन थापाले ११ महिनापछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।

साथै यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताएका छन् ।

आफ्नो इमेल आइडी [email protected] र सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेर सुझाव दिन उनले पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

‘करिब एघार महिनाको अन्तरालपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।  बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुनेछ । यस बीचमा विभिन्न जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने नै छु’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको बैठकमा राख्नुपर्ने विषय र एजेण्डाका बारेमा आफ्ना विचार र सुझाव दिन चाहानुहुन्छ भने कृपया मेरो व्यक्तिगत इमेल [email protected] अथवा यसै पोस्टको कमेन्टमा राख्नुहुन सम्पूर्ण गाउँ(नगर, टोलमा रही नेपाली कांग्रेस र चार तारे झन्डालाई माया गर्नु हुने कांग्रेसजन र सुभेच्छुकहरूमा आग्रह गर्न चाहान्छु।  जय नेपाल !’

कांग्रेसको केन्द्रीय समितिको बैठक ११ महिनापछि २ साउनमा केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्