
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताएका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११औँ अधिवेशन तथा साधारणसभामा उनले खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्ने बताउँदै युवालाई राष्ट्रियस्तरमा पु¥याएर दक्ष जनशक्ति उत्पादन गरी विकासको मार्गमा लान आवश्यक रहेको उल्लेख गरे ।
नेपाल प्रेस युनियन मोरङ शाखाको ११औँ अधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यवाहक अध्यक्ष भक्ति माझी, नेका महासमिति सदस्य भगवती पौडेल, नेका जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।