३१ जेठ २०८३, आइतबार

चिर्पट प्रहार गरेर भिनाजुको हत्या, एक जना पक्राउ

साउन ६, २०८०
धनुषा
चिर्पट प्रहार गरेर भिनाजुको हत्या, एक जना पक्राउ

धनुषामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका बस्ने भारतको बनारसका २५ वर्षीय सुरज सिंह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार उनले भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहको लक्ष्मीनियामा हत्या गरेका थिए ।

उनलाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो। उनीहरू लक्ष्मीनिया बजारमा काम गर्न बस्दै आएका थिए। शिवमुरत सुरजका भिनाजु रहेका प्रहरीले जनाएको छ ।

घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गर्दा शिवमुरत गम्भीर घाइते भएका थिए। उनको रामा अस्पताल जनकपुरमार्फत भारतको सितामाढीतर्फ लैजानेक्रममा मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्