×

NMB BANK
NIC ASIA

१७ वर्षपछि बढुवाको अवसर

सशस्त्रमा बढुवाको ‘जाम’ खुल्यो, एकसाथ बढुवा हुँदै ७ हजार प्रहरी

काठमाडाैं | साउन ९, २०८०

NTC
Premier Steels

सशस्त्र प्रहरी बलमा लामो समयदेखि रहेको बढुवाको ‘जाम’ अन्ततः खुल्ने भएको छ । सशस्त्र प्रहरीले ६ हजार ९१० जना कर्मचारीको बढुवा गर्न लागेको हो ।

Muktinath Bank

बढुवा हुन योग्य प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)देखि सहायक हवल्दारसम्मका लागि असार ३१ गते नै सूचना निकालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउन ३ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्रमा पद समायोजन र ९८ नयाँ दरबन्दी थप गरेपछि लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको हो । 


Advertisment
Nabil box
Kumari

‘अहिलेको सूचनाले लामो समयदेखि रोकिएको बढुवाको जाम खुल्छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले लोकान्तरसँग भने, ‘यो सशस्त्रको इतिहासमा सबैभन्दा धेरै बढुवा पनि हो ।’

Vianet communication

सशस्त्र प्रहरी बलले पहिले खाली रहेको ४ वटा र नयाँ थप भएर आएका ११ वटा दरबन्दी गरी १५ दरबन्दीमा एसएसपीको बढुवा गर्न लागेको छ ।

खुलेर पनि लामो समयदेखि दरबन्दी नपाएका शिक्षालयका लागि एसएसपी र एसपीहरूको दरबन्दी थप भएको सशस्त्र स्रोतले जनाएको छ । 

हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, जवान तालिम शिक्षालय नौवात्रा बाँके, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी र सीमा सुरक्षा तालिम शिक्षालय बडेघाट नवलपरासीमा एसएसपी रहने छन् । 

पाथीभरा जवान तालिम शिक्षालय झापा, प्राविधिक तालिम शिक्षालय बारा, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, बडिमालिका जवान तालिम शिक्षालय कैलाली, राजस्व भन्सार तालिम शिक्षालय टीकापुर कैलाली र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को दरबन्दी थप भएको हो । प्रस्तावित ४५ वटा सीमा सुरक्षा गुल्मका लागि पनि डीएसपीको दरबन्दी खाली रहँदै आएको थियो । 

३ गतेको मन्त्रिपरिषद् बैठकले एसएसपी ११ जना, एसपी ४३ जना, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) ३१ जना, सशस्त्र प्रहरी उपरीक्षक (इन्स्पेक्टर) ७२ जना र सशस्त्र वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) ४८ जनाको दरबन्दी समायोजन र थप गरेको छ । ९८ वटा दरबन्दी थपिएका हुन् भने बाँकी तल्लो तहको काटेर माथिल्लो तहमा समायोजन गरिएको हो ।

दरबन्दी थप र समायोजनपछि अब १५ जना एसएसपी, ६३ जना एसपी, १०३ जना डीएसपी, ५१ जना इन्स्पेक्टर, ४९ जना वरिष्ठ सई, ६८ जना सई, २१० जना असई, २२४ जना वरिष्ठ हवल्दार, २ हजार १२८ जना हवल्दार र ४ हजार जना सहायक हवल्दारमा बढुवा हुनेछन् । ​

त्यसमध्येमा ४ जना एसएपी पहिलेदेखि नै खाली थियो । ९ जना एसपी, १२ जना डीएसपीको दरबन्दी पनि खाली थियो । योपटक १७ वर्षदेखि रोकिएका सि.सं. नम्बर ७ इन्स्पेक्टरहरू डीएसपीमा बढुवा हुने भएका छन् भने सि‍.सं. नम्बर ८ का ११ जना बढुवा हुन लागेका छन् । सशस्त्र स्रोतका अनुसार भदौको पहिलो सातासम्म आवेदन दिएका सबै जनाको बढुवा भइसक्नेछ । 

सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा १ हजार ६६२ जनाको बढुवा गरेको थियो, जसमा सशस्त्रका एआईजी १ जना, डीआईजी ४ जना, एसएसपी २० जना, एसपी १२ जना, इन्स्पेक्टर १०३ जना, असई १३३ जना, सई १५२ जना, वरिष्ठ हवल्दार १ हजार २१४ जना र सहायक हवल्दार १६ जना बढुवा भएका थिए । ८ जनालाई विशेष बढुवा दिइएको थियो, जसमा एसपी १ जना, डीएसपी ५ जना र इन्स्पेक्टर २ जना थिए ।

लामो समयदेखि रोकिएको सशस्त्रको करियरलाई अगाडि बढाउने प्रतिबद्धता सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बताएका थिए । सशस्त्रमा पछिल्लो सयमा यही विषयले आत्महत्या गर्ने क्रम पनि बढेको थियो ।

तर अहिलेको बढुवाले सशस्त्र प्रहरीका कर्मचारीको मनोबल उच्च हुने आईजी अर्यालले बताए । ‘यो बढुवा लामो समयदेखि असर परेको करिअरलाई अगाडि बढाएको छ । यसले हाम्रा सकलदर्जामा मनोबल बढ्छ भन्ने विश्वास लिएको छु,’ अर्यालले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x