३० जेठ २०८३, शनिबार

कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा पदबहाली गर्दै कार्की, पुरानै मन्त्रीहरू मन्त्रालय जाँदै

साउन १२, २०८०
विराटनगर
कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा पदबहाली गर्दै कार्की, पुरानै मन्त्रीहरू मन्त्रालय जाँदै

सर्वाेच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रवार कामचलाउ सरकारको मुख्यमन्त्रीमा पदवहाली गर्ने भएका छन ।

अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्री हुनेछन् ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेसँगै कामचलाउ सरकारको जिम्मा उनले पाएका छन् । पुनः कार्कीको पदबहालीसँगै उनी मुख्यमन्त्री रहँदा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरू पनि मन्त्रालय जाने तयारीमा छन् ।

कार्की मुख्यमन्त्री रहँदा सामाजिक विकास मन्त्री रहेका बुद्धिकुमार राजभण्डारीले शुक्रवार आफूहरू मन्त्रालय जाने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्