×

NMB BANK
NIC ASIA

‘मर्निङवाक’ सँगै जनताको गुनासो सुन्दै रेणु दाहाल

चितवन | साउन १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । तर, जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।

Muktinath Bank

धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उनी स्वीकार गर्छन् । यिनै गुनासो चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोलटोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उनको हिँडाइसँगै भेटघाट शुरू हुन्छ । टोलटोलमा उनी बिहानी हिँडाइ (मर्निङ वाक) गर्छिन् । स्थानीयसँग भेट गर्छिन्।


Advertisment
Nabil box
Kumari

गुनासो एवं सुझाव सुन्छिन् र चालु आयोजनाको अनुगमन गर्छिन् । कतिपय स्थानीय उनीसँगै हिड्ने गर्छन् । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ । प्रमुखसँग आफ्नै टोल छिमेकमा तस्वीर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमा उनी पुगिसकेकी छन् । क्रमशः सबै वडामा पुग्ने उनको योजना छ ।

Vianet communication
Laxmi Bank

नियमित बिहानीको हिँडाइसँगै रहने दाहालका छिमेकी टिकाराम पोख्रेलका अनुसार हिँडाइ  सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उनले जानकारी दिए । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ । 

भौतिक निर्माणका कामलाई अनुगमन गर्ने र अपुग एवं अधुरा भएका काम पूरा गर्न त्यहीबाट सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिने गरेकी छन् । दाहालले भनिन्, 'भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।' नगरवासीका गुनासो सुन्न, सुझाव लिन, उहाँहरूसँग घुलमिल हुन, योजना हेर्न र नयाँ योजना बनाउन यसले आफूलाई सहयोग पुगेको उनले बताइन् ।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । त्यसो त उनी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि हुन् । यसै कारणले महानगरपालिका मात्र नभएर पार्टीसँग सम्बन्धित व्यक्ति पनि उनीलाई भेट्न आउने गरेका छन् ।

दाहालको आफ्नो दैनिकी निकै व्यस्थतामा बित्ने गर्दछ । बिहान उठेदेखि राति सुत्ने बेलासम्म उनी नगरवासीकै काममा व्यस्त हुने गर्छिन् । 'जब म निदाउँछु तब मात्र मैले आराम पाउँछु,' उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x