×

मिटरब्याजीले दिएको पीडा : सोनारले विष पिए, केही न्यायका लागि प्रशासन धाउँदै

विराटनगर | साउन २३, २०८०

मोरङको कटहरी गाउँपालिका– ३ का ३२ वर्षीय विनित सोनारले यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बाहिरिने क्रममा विष पिए ।

विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगियो । नोबेलमा उपचारका क्रममा १० दिनपछि साउन १७ गते (बुधवार) बिहान उनको मृत्यु भयो ।


Advertisment

सामान्यरूपमा हेर्दा यो एउटा ‘आत्महत्या’जस्तो मात्र देखिए पनि यसको मूल जड भने मिटरब्याजीले दिएको पीडासँग जोडिएको छ ।


Advertisment

सोनार परिवारका सदस्यहरूको कुरा मान्ने हो भने विराटनगरको आर.के. चिल्ड्रेन अस्पतालअगाडि चियानास्ता पसल सञ्चालन गर्दै आएका उनले ४ वर्षअगाडि डा. नितेष तिवारीसँग ७ लाख रुपैयाँ ऋण लिएका थिए ।

जबकि डा. तिवारीले भने १५ लाख रुपैयाँ ऋण दिएको दाबी गर्दै आएका छन् । उनीहरूबीच लेनदेनको कुनै कागजात छैन ।

७ लाख लिएबापत १५ लाख रुपैयाँ बुझाइसक्दा पनि अझै १२ लाख रुपैयाँ बाँकी रहेको भनेर तनाव दिएको भन्दै सोनारकी पत्नी रिताले डा. तिवारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् ।

सँगै डा. तिवारीले पनि सोनारविरुद्ध चेक बाउन्सको उजुरी दिएका थिए । ऋणको जमानीस्वरूप लिएको चेकमा जथाभावी रकम भरेर चेक बाउन्स गराएको पीडित परिवारको आरोप छ ।

मिटरब्याजको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो ।

छलफल निष्कर्षमा नपुगेपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले पाँच दिनभित्र मिलेर नआएको अवस्थामा उजुरीलाई प्रक्रियामा लैजाने बताएका थिए ।

छलफलमा सहमति नभएपछि प्रशासन कार्यालयबाट बाहिरिने क्रममा प्रहरीले चेक बाउन्समा उनलाई पक्राउ गर्‍यो । सोनारले गोजीमा राखेको विष निकालेर तुरुन्तै पिए । अन्ततः यो घटना उनको मृत्युको कारण बन्यो ।

सोनारको मृत्युपछि परिवारले मिटरब्याजमा ऋण लगाउने डा. तिवारीविरुद्ध किटानी जाहेरी दर्ता गराएको छ ।

प्रहरीले डा. तिवारीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
.....

विराटनगर– ४ का वीरेन्द्रकुमार मण्डललाई पनि एक वर्षअगाडि लिएको १५ लाख रुपैयाँ ऋण तनावको कारण बनिरहेको छ ।

उनले २०७९ सालको असारमा औषधि व्यवसायी दीपनारायण यादवसँग १५ लाख रुपैयाँ लिएका थिए ।

१५ लाखको साँवा र ब्याज गरी एक वर्षभित्र (२०८० जेठसम्ममा) २३ लाख रुपैयाँ तिर्दासमेत ऋण चुक्ता नभएको उनको गुनासो छ ।

अझै ३२ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै दिनरात ‘टर्चर’ दिइएको उनको गुनासोसहित उनले जिल्ला प्रशासन कार्यालय मोरङमा यादवविरुद्ध उजुरी दिएका छन् । उनको उजुरी विचाराधीन छ ।
.....

विराटनगर– १२ की सिम्रन भुजेलको समस्या पनि उस्तै छ । 

उनले ४ वर्षअगाडि नातामा नन्द पर्ने महिलासँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।

साँवा र ब्याज गरी साढे ६ लाख तिरिसक्दा पनि अझै ४ लाख रुपैयाँ बाँकी रहेको भनेर हिसाब देखाइएको भन्दै उनी उजुरी लिएर जिल्ला प्रशासन पुगेकी छन् । यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासनमा उजुरी दिन आह्वान गरेपछि मोरङमा मात्र २ सय २० जना मिटरब्याजपीडितले निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले लोकान्तरलाई जानकारी दिए ।

प्रशासनमा दर्ता भएका २२० उजुरीमध्ये ५७ वटामा दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदनमा सहमति हुन नसकेपछि अदालत पठाएको उनले बताए । बाँकी उजुरी अझै विचाराधीन अवस्थामा छन् ।

मिटरब्याजका कैयन पीडित सुकुम्वासी बनेका छन् । अधिकांश भने लिएकोभन्दा कयौं गुणा बढी रकम तिरिसक्दा पनि ऋणमुक्त हुन सकेका छैनन् ।

संसद्बाट मिटरब्याजसम्बन्धी कानून बनिसकेकाले पीडितले न्याय पाउने आशा भने गर्न थालेको देखिन्छ । तर, अझै यो समस्या विकराल अवस्थामा छ ।

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x