ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ राजधानीमा सुरु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले एक कार्यक्रमविच पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङ्गले नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा आफुलाई खरो उतार्ने भन्दै खेलाडी तथा आयोजकलाई सफलताको शुभकामना दिए । उनले प्रतियोगिता नेपालमा आयोजना गर्न सहयोग पु¥याएकोमा ब्याडमिन्टन एशियालाई धन्यवाद प्रदान गरे । सदस्य सचिवले नेपालमा यस्ता अन्तराष्ट्रिय प्रतियोगिताहरु अन्य संघहरुले पनि गर्नुपर्ने भन्दै आफू त्यसको लागि सहयोग गर्न सदा तत्पर रहेको बताए ।
ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठले च्याम्पियनसिपलाई नेपालमा आयोजना गर्न सहयोग गर्ने ब्याडमिन्टन एशिया तथा ब्याडमिन्टन एशियाका बिकास समितका चेयरम्यान वाजीद अली चौधरी र टिमप्रती कृतज्ञता प्रकट गरे ।