२२ असार २०८३, सोमबार

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

भदौ ३, २०८०
काठमाडौं
राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

संसद् गतिरोध अन्त्यको पहलस्वरुप राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । भदौ ५ गते मंगलवार बिहानका लागि बैठक आह्वान गरिएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले लोकान्तरलाई जानकारी दिए । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । 

संसद्मा जारी अवरोध हटाउन राष्ट्रपतिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टै छलफल गरिसकेका छन् । 

यस्तै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग पनि पारष्ट्रपतिले परामर्श गरेका छन् । आइतवार मात्र राष्ट्रपतिले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । 

यी भेटमा राष्ट्रपतिले संसद् अवरोधले विधेयकहरू प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

प्रमुख प्रतिपक्षी दल एमालेले गरेको आरोधका कारण संसद् बैठक साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको छ । पटक–पटक अवरुद्ध हुँदै आएको बैठक मंगलवार अपरान्हका लागि बोलाइएको छ । सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री प्रचण्डले पनि सोमवार संसद्मा रहेका प्रमुख दलको बैठक बोलाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्