२२ असार २०८३, सोमबार

‘सरकार कति दिन चल्छ टेन्सन छैन, राम्रो काम गर्दा कसले हटाउने रहेछ हेरौं’

भदौ १४, २०८०
काठमाडौं
‘सरकार कति दिन चल्छ टेन्सन छैन, राम्रो काम गर्दा कसले हटाउने रहेछ हेरौं’
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार कति दिन चल्छ भन्नेमा आफूलाई कुनै चिन्ता नरहेको बताएका छन् । 

सरकार जोगाउन यसोउसो गर्‍यो भन्नु वाइयात रहेको उनले टिप्पणी गरे । 

समाजवादी मोर्चाको कर्णाली प्रदेश भेलालाई बिहीवार सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले राम्रो काम गर्दा सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् ।

‘सरकार कति समय चल्छ/चल्दैन त्यसमा मेरो टेन्सन छैन । सरकार जोगाउन यसो गर्‍यो, उसो गर्‍यो भन्छन्, वाहियात कुरा । राम्रो काम गर्दागर्दै कसले हटाउने रहेछ, हेरौं,’ प्रचण्डले भने ।

सरकारले राम्रो काम गर्दा गठबन्धन भत्काउन षडयन्त्र भइरहेको पनि उनले दाबी गरे । 

‘यो पटक गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा एउटा लडाईं शुरू भएको छ, यो रोकिनेवाला छैन । गठबन्धन, यो सरकार र समाजवादी मोर्चा एकढिक्का भएर लक्षप्रति अगाडि बढेका छौं,’ प्रचण्डले भने ।  

उनले भ्रष्टाचारमा संलग्न रहेको पाइए आफूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको दाबी गरे ।

‘सरकार जोगाउन आफ्नो मान्छे बचाउँछ, कांग्रेस र एमालेलाई मात्र पक्राउ गरेको भनेर कतिपयले आरोप लगाइरहेका छन् । दोषी देखिन्छ भने माओवादीको नेता र बाटोमा प्रचण्ड देखिए उसलाई पनि नछाड भनेको छु,’ प्रचण्डले भने ।  

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा प्रारम्भ मात्र रहेको भन्दै कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने योजनामा समाजवादी मोर्चा बनेको बताए ।

‘समाजवादी मोर्चा प्रारम्भ हो, हेर्दै जानुस्, कहाँ पुग्छ । सिंगो कम्युनिस्ट पार्टीलाई एकजुट गर्ने हो,’ उनले भने ।  
 

salt training

कमेन्ट गर्नुहोस्