असोज १३, २०८०
नेताहरूले एकले अर्कालाई आरोप लगाउँदा धेरै प्रयोग गरिने शब्द हो, ‘तिमीहरूको मुटु हामीले छामेका छौँ ।’ खासमा नेताहरू कसैको मुटु छामेका हुँदैनन्, खाली उनीहरूले प्रतीकात्मक रुपमा मात्र छामेको कुरा...
काठमाडाैं | भदौ १९, २०८०
भदौ १६ गते शनिवार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित पार्टी सभालाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमा कसैलाई निर्देशन दिँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
नेकपा (माओवादी केन्द्र)का उप-महासचिव जनार्दन शर्माको फोनबाट प्रचण्डले नागढुङगा– नौबिसे सुरुङमार्ग आयोजनाका प्रमुख नविनमान श्रेष्ठसँग कुराकानी गरेका थिए ।
सुरुङमार्ग निर्माणका क्रममा उत्पन्न कम्पनले घर चर्किएको र बस्न योग्य समेत नरहेको स्थानीयको गुनासो सुनेपछि प्रचण्डले श्रेष्ठलाई पीडितका माग सम्बोधन गर्न निर्देशन दिए ।
घरमुनि डोजरले खन्दा तथा चट्टान निकाल्न बम विस्फोट गराउँदा कृत्रिम भूकम्प महसुस हुने गरेको र त्यसले घर चर्किएको स्थानीयको गुनासो छ ।सोहीबारे प्रधानमन्त्रीले ध्यानाकर्षण गराएपछि आयोजना प्रमुख श्रेष्ठले प्रभावित क्षेत्रमा चर्केका घरको तथ्याङ्क पुनः संकलन गर्ने र क्षतिपूर्ति दिने बताएका थिए ।
****
अन्दाजी ७० वर्षीय हिराकाजी महर्जनको घर नागढुंगा सुरुङमार्गको काठमाडौंतर्फ प्रवेशद्वारको ठ्याक्कैमाथि अर्थात् चन्द्रागिरि नगरपालिका– ३ टोटीपाखामा छ ।
सुरुङको मुखबाट यो घर मुस्किलले ५० मिटरको दूरीमा होला । १२ आना जग्गा रहेका हिराकाजीका ३ भाइ छोरा हुन् । सम्पूर्ण परिवार यही घरमा मिलिजुली बस्दै अएका छन् ।
माइला छोरा ईश्वर महर्जन राजनीतिक रूपमा पनि सक्रिय थिए ।
नेपाली कांग्रेसको क्रियाशील सदस्य तथा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ स्थित तरुण दल वडा समिति उपाध्यक्ष समेत रहेका ईश्वरको २७ वर्षको उमेर २०७७ मंसिर ६ गते ‘हर्टएट्याक’का कारण मृत्यु भयो । सुरुङमार्ग निर्माण शुरू भएपछि घरकै चिन्ताले ईश्वरलाई ‘हर्टएट्याक’ भएको परिवारका सदस्यहरूको दाबी छ ।
‘माइलो बाबु हर्टएट्याक भएर बित्नुभयो, अहिले भन्दा पत्याउँदैनन्, तर यही सुरुङको कारण हो,’ ईश्वरकी भाउजू कमला महर्जनले लोकान्तरसँग भनिन्, ‘डोजरले खन्न थालेपछि यहीँसम्म पहिरो गयो । यहाँ बस्न सुरक्षित भएन । हामीलाई मुआब्जा चाहिन्छ, सुरक्षित ठाउँमा जान्छौं भनेर उहाँले स्ट्यान्ड लिनुभएको थियो । काम रोकभन्दा मानेनन् । त्यही तनावले उहाँलाई हर्टएट्याक भयो ।’
कुन दिन घरले थिच्ने हो भन्ने चिन्ताले वडादेखि सिंहदरबारसम्म धाउँदा पनि न्याय नपाएको उनको गुनासो छ । विकास हुनु राम्रो भएपनि आफूहरूको बिचल्ली पार्न नपाइने कमलाले बताइन् ।
‘विकास भयो, राम्रै कुरा हो । रमाइलो पनि देख्न पाइया छ । नेपालमै पहिलो पटक हो यसरी सुरुङमार्ग बनेको, खुशी नै छौं । खुशी छौं भन्दैमा सुरुङभित्र बस्न जाने कुरा त भएन,’ कमलाले लोकान्तरसँग भनिन्, ‘२०७२ सालको जत्रो भूकम्प आयो भन्ने यो घरले थाम्छ भन्ने के ग्यारेन्टी ? पिल्लरले थाम्ने हैन यो घरलाई ? पिल्लार हल्या छैन भनेर कसले भन्छ ? दिनकै ड्यामड्याम बम पड्क्या छ । घर चर्किएको छ ।’
ससुराको धेरैजना दाजुभाइ भएकाले यहीँमात्र जग्गा भागमा आएको भन्दै उनले सुरक्षित एवं ढुक्कसाथ बस्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
सुरुङको काठमाडौंतर्फको प्रवेशद्वारमाथिका अन्य स्थानीयको गुनासो पनि कमलाको जस्तै छ । पालिकादेखि प्रशासनसम्म धाउँदा र पटक–पटक कामै रोक्दा पनि आफूहरूको माग सम्बोधन नभएको उनीहरू बताउँछन् ।
प्रधानमन्त्रीले सार्वजनिक रूपमै यसरी निर्देशन दिएपछि स्थानीयमा केही आशा त पलाएको छ, तर यसअघि पनि पटक–पटक आश्वासन मात्र पाएकाले ढुक्क हुन सकेका छैनन् ।
सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयको पीडा र गुनासो, हेर्नुहोस् भिडियोमाः
थप तस्वीर:
नेताहरूले एकले अर्कालाई आरोप लगाउँदा धेरै प्रयोग गरिने शब्द हो, ‘तिमीहरूको मुटु हामीले छामेका छौँ ।’ खासमा नेताहरू कसैको मुटु छामेका हुँदैनन्, खाली उनीहरूले प्रतीकात्मक रुपमा मात्र छामेको कुरा...
राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदे...
अहिले नेपाली युवामा नैराश्यता छ । स्वदेशमा केही गर्न सकिँदैन भनेर उनीहरू विदेश पलायन हुने क्रम जारी छ । यही भएको युवा पुस्ताको ठूलो जमात के गर्ने भन्नेमै अन्योलमा छ । तर, मेहनत गर्नेका लागि स्वदेशमै पनि अवसर...
कतै हिलाम्यै ठाउँ देखियो भने ‘ढोर मेलाको हिलोजस्तो’ भन्ने ढोरपाटन वरपरका बासिन्दाको चलन हो । यस वर्ष (२०८० भदौ १४)को जनैपूर्णिमाको छेको ढिला पर्यो । जनैपूर्णिमा ढिला परेसँगै झरी पनि परेन । यसैक...
औल लाग्छ भन्ने डरले धरानमा रात बिताउने कमै हुन्थे । बरु माथि विजयपुर डाँडामा केही बस्ती थियो । धरानको बस्ती पातलो भएकाले कसको छोरा/नाति भनेर सबैबीच सजिलै चिनजान हुन्थ्यो । विजयपुर, बाँझोधारा, रेल्वे लाइन, ...
बुटवलका अर्जुनबहादुर थापाले रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुपूर्व नै १३ वर्षभन्दा बढी समय दक्षिण कोरियामा बिताए । उनले वि. सं २०५१ देखि ०६४ सम्म कोरियामा काम गरेका थिए । कोरियामा उनले ‘म्यानुफ्...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...