×

NIC ASIA

तीन हजार स्वयंसेवकका कमान्डर

‘त्रिपालमुनिका लालाबाला र वृद्धवृद्धाका ती दृश्यले मलाई रुकुममै तानिराख्यो’

काठमाडाैं | मंसिर १४, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएका नेतामा पर्छन्, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर ।

यतिबेला भूकम्पपीडित र प्रभावितहरूको अवस्थाले उनलाई निकै भावुक बनाएको छ । भूकम्पमा परी ज्यान गुमाउनेले त गुमाइहाले, बाँचेकाहरूको अवस्थालाई गम्भीरतापूर्वक लिएर उनी निरन्तर फिल्डमा खटिएका छन् । खासगरि उद्धार र राहतको चरणमा क्षतिग्रस्त इलाकामा पुग्दा जनार्दनले जे देखे ती तस्विरले उनलाई शीघ्र अस्थायी आवास निर्माण कार्यतर्फ तान्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सहयोग गरिसकेपछि पनि प्रभावितसम्म पुग्न लाग्ने समय, कतिपय कानूनी प्रक्रियाका जटिलता र मानवीय ढिलासुस्तीले पीडितहरूको त्रिपालमुनिको बास लम्बिने देखेपछि उनले त्रिपालको कष्टकर जीवनलाई चाँडोभन्दा चाँडो अन्त्य गर्नुपर्ने निष्कर्ष निकाले ।


Advertisment
Rupse Holidays
Nabil box

४०–५० को दशकमा रुकुम–रोल्पामा उनले जुन कारुणिक दृश्यहरू देखेर सशस्त्र युद्धको बाटो रोजेका थिए, भूकम्पपछिको रुकुमको दृश्य त्यो भन्दा अझ भयावह हुनु स्वाभाविक थियो । ६० र ७० को दशकमा देशव्यापीरूपमा राजनीतिक–सामाजिक जागरणको लहर जुन गतिमा विस्तार भयो सामान्यतया आर्थिक रूपमा पनि मानिसहरू सापेक्षिक ढंगले सबल बन्दै गए ।

Vianet communication

null

आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिममा आर्थिक उत्पादन, विकास निर्माण र बजारीकरणमा पनि त्यत्तिकै महत्त्व दिने शर्माले सम्भवतः चाँडै समृद्ध रुकुमको सपना साँचेका थिए, तर भूकम्पपछि जसरी मानवीय र भौतिक क्षतिको अनपेक्षित तस्विर अगाडि आयो, त्यो सम्हालिन मुस्किल हुने खालको छ ।

भूकम्पपछिका त्यस्ता डरलाग्दा दृश्यबाट सामान्य मान्छेहरू विक्षिप्त र विचलित बनेपछि शर्माले आफूलाई अविचलित बनाउँदै पुनर्निर्माणको संकल्प बोकेका छन् ।

भूकम्पप्रभावित बस्तीहरूको पुनर्निर्माणका लागि निरन्तर फिल्डमा रहेका शर्माले यसक्रममा देखे/भोगेका कुरा तथा अनुभव लोकान्तरसँग बाँडेका छन् । बाँकी उनकै शब्दमा :

खासगरि एकसरो वस्त्रमा भूँइमा सुताइएका दूधे बालकहरू, सुत्केरी आमाहरू, जीवनको उत्तरार्द्धमा रहेर आफ्नो बुढ्यौलीका हरेक दिन छोटिँदै जाऊन् भन्ने कामना गरी त्रिपालमुनि वैराग्य मुडमा रहेका वृद्ध–वृद्धाहरूको अवस्था नाजुक छ । फूलजस्ता लालाबाला र जीवन भोगाइका अनुभवले परिपक्व बनेका दुईथरी पुस्ताको संरक्षण वास्तवमै चुनौतीपूर्ण छ ।

null

महिला, अपांग र बालबालिकाहरूले आफूलाई इतिहासकै असुरक्षित र संकटपूर्ण घडीमा रहेको महसुस गरिरहेका छन् । उनीहरूका लागि सर्वाधिक कष्टपूर्ण रहेको यो समय जतिसक्दो चाँडो अन्त्य गर्नुपर्छ भन्ने उद्देश्यले म आफैं कमान्डर बनेर यहाँको सिंगो पार्टीलाई स्वयंसेवक दलमा परिणत गर्ने निष्कर्षमा पुगेको हुँ ।

null

जल्दो बल्दो उमेर, राजनीतिक आस्था र आकांक्षा एवं युवावस्थाको जोशजाँगरका कारण कमान्डर बन्ने फरक सन्दर्भ हो, तर यतिबेला मेरो हकमा यी कुनै पनि कारण लागू हुँदैनन् । विशुद्ध मानवीय भावना र पवित्र चाहनाले प्रभावितहरूलाई जति सकिन्छ, चाँडो त्रिपालबाट अस्थायी छानोमा सार्न जिल्लाका आम नेता–कार्यकर्ता र युवा पंक्तिमा उत्साह तथा हौसला बढोस् अनि द्रुत गतिमा काम होस् भन्ने मनसायले जिल्ला पार्टीलाई स्वयंसेवक दल बनाएर आफैं त्यस स्वयंसेवक दलको संयोजक बनेको हुँ ।

कुनैबेला माओवादी जनसेनाको विशाल फौजको डेपुटी कमान्डर बनेको म अहिले ३१ सय जना स्वयंसेवकहरूको कमान्डर छु । पुनर्निर्माण आफैंमा निकै चुनौतीपूर्ण युद्ध हो । भूइँचालोले बस्ने घर नै ध्वस्त बनाएपछि हामीले पुनर्निर्माणको युद्ध जित्नैपर्ने छ । अहिले अस्थायी आवास निर्माणको चरण जारी छ, यसपछि स्थायी आवासका लागि अन्तिम लडाइँ लड्नुछ ।

null

एक महिनाभित्र अस्थायी आवास निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखे पनि १५ देखि २० हजार घर निर्माणलाई ३ हजार स्वयंसेवकले ३०–३५ दिनमा सक्ने कुरा त्यति सजिलो विषय छैन । तर, बिहान उज्यालो भएदेखि राति अँध्यारो नभएसम्म काम गरेर भए पनि छानाहरू निर्माण यतिबेला निकै जरुरी बनेको छ ।

भूइँको चिसो र खुला आकाशको शीतका अतिरिक्त त्रिपालबाट भित्र छिर्ने सिरेटो रोक्नुछ । मनभित्रको असहायपन, अनुहारको उदासीनता, वर्तमानको डरलाग्दो तनाव र भविष्यप्रतिको चिन्तालाई कम गर्नुछ । उद्धार र राहतको पहिलो चरणको सक्रियताले पश्चिम रुकुममा जनतामा आशाको सञ्चार भएको छ । दिनप्रतिदिन उनीहरूले नेता र पार्टीलाई अभिभावकका रूपमा महसुस गरेका छन् । हामीप्रति विश्वास र भरोसाको स्तर अझ बढेको छ । वास्तवमा जनताभित्रको अनिश्चयको माहोल कम गर्न, अप्ठ्यारोको अभिभावक र दुखःको भरपर्दो साथीका रूपमा रहन म स्वयं कमान्डर बनेर आमपार्टीलाई स्वयंसेवक दस्तामा परिणत गरिएको हो । यसले सन्देश मात्रै होइन, परिणाम पनि सकरात्मक दिनेछ । 

null

सबै काममा स्थानीय सरकार र स्थानीय प्रशासनको सक्रियतालाई बढाइएको छ । यसले सरकारी संरचना, दबाब समूहका रूपमा रहने राजनीतिक पार्टीहरू र अभिभावकका रूपमा रहने नेता कार्यकर्ताप्रति जनताको सम्मान बढ्छ र नेता कार्यकर्ताले जनताप्रतिको उत्तरदायित्व बुझ्न र बहन गर्न सक्छन् । सामाजिक एकता, मेलमिलाप, समाजको महत्त्व र सामूहिक शक्तिभित्रको असीमित सामर्थ्यका बारेमा आममान्छेले बुझ्न सक्छन् र समग्रमा हामीले सामूहिक संस्कारको विकास पनि यस्तै कठिनाइ र चुनौतीका बेला शुरूआत गर्न सक्छौं, जसको अभ्यास अहिले भइरहेको छ ।

शान्ति प्रक्रियाले पनि झण्डै दुईदशक भेट्टाउँदैछ । शान्ति प्रक्रियापछि जन्मेकाहरू अहिले मतदाता भइसकेका छन् । पार्टीहरूले भनिरहेको मिसन ८४ मा ती मतदाताहरू मत दिने ठाउँमा मात्र होइन, मत माग्ने उम्मेदवारका रूपमा समेत निर्वाचनमा सहभागी हुनेछन् । यसको मतलब, युद्धपछिको शान्तिमा पनि हामीले लामो समय पार गरिरहेका छौं । तर, यतिबेला फेरि मैले युद्धका ती दिनहरू सम्झेँ जतिबेला कतिपय बालबालिकाहरू गाँसबासको सुनिश्चितता नभएर पनि हामीसँग युद्धमा होमिएका थिए ।

null

केही पत्रकार साथीहरूले बालबालिकालाई युद्धमा किन सहभागी गराएको भन्ने प्रश्न तेर्स्याएपछि मैले जवाफमा भनेको थिएँ, यी बालबालिकाको जिम्मा तपाईं लिइदिनुस् । उनीहरूलाई शिक्षा, स्वास्थ्य र रोजगार पनि होइन, गाँस, बास र कपासको मात्रै व्यवस्था गरिदिनुस् । त्यसपछि मैले साथीहरूलाई परिवारभित्रको गरिबी, अभाव र दबाबको पीडासहित उनीहरूको असुरक्षित जीवनबारे सुनाएको थिएँ । त्यो समयमा चरम गरिबीका कारण पनि कैयौं बालबालिकाको जिम्मा हामीले लिनुपरेको थियो ।

अहिले पनि भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ध्वंस गर्‍यो । त्यसबाट हजारौं मानिसहरू चरम गरिबीको चपेटामा छन् । उनीहरूसँग खान गाँस र बस्न बास छैन । पुस्तौंदेखिका जिन्सी धनमालदेखि भैपरी आउँदा काम लाग्ने भनेर छुट्ट्याएको स–सानो नगद रकम पनि उनीहरूसँग बाँकी रहेन । प्राकृतिक विपत्तिको यस घडीमा यहाँका लालाबाला र वृद्ध–वृद्धाहरूको जिम्मा हामीले लिनुपर्नेछ । त्यसका लागि निरन्तर खटिएको छु । खटी नै रहने छु ।

(भूकम्प प्रभावित क्षेत्रबाट लोकान्तरसँग गरिएको कुराकानीमा आधारित ।)

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x