×

NMB BANK
NIC ASIA

श्रीमान्–श्रीमती एकसाथ अधिकृत

सुरेन्द्र र रमिताको सुखद् संयोगः दम्पती नै एकसाथ ‘अफिसर’

बुटवल | फागुन ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमिता विष्टको जोडीलाई या अवसर जुरेको छ । यसैसाता लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजामा सुरेन्द्र लेखा परीक्षण र रमिता सामान्य प्रशासनतर्फबाट शाखा अधिकृतमा सिफारिस भएका हुन् । अर्को रमाइलो संयोग त यो छ, दम्पतीले एकैपटक शाखा अधिकृतमा नाम निकाले र सँगै पदस्थापन पनि भए ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अफिसर’को स्थायी नियुक्ति प्राप्त गरिसकेपछि पाण्डे दम्पतीले हजारौं सपनालाई मारेर एउटा सपना पूरा भएको बताएका छन् । सुरेन्द्र र रमिताले कम उमेरदेखि नै एकअर्कालाई बुझ्दै–बुझाउँदै, अफ्ठ्यारा पन्छाउँदै अघि बढेका थिए । अहिले ‘कप्पल गोल’ हासिल गरेपछि उनीहरू सरकारी सेवामा प्रवेश गर्न चाहनेका लागि प्रेरणाका स्रोत बनेका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरू क्रमशः खरिदार, नायब सुब्बा (नासु) हुँदै शाखा अधिकृत बनेका हुन् । ३० वर्षीय सुरेन्द्र विसं २०७४ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए ।  उनले गत वर्षमात्रै नासुमा नाम निकाले । यस्तै चार वर्षअघि २०७६ मा खरिदारबाट निजामती सेवा प्रवेश २७ वर्षीया रमिता २०७९ मा खुला प्रतिस्पर्धाबाट नासुमा सिफारिस भएकी थिइन् । ‘लक्ष्यमा पुग्न समर्पण, लगनशीलता, आत्मविश्वास र निरन्तरता दिन सके सफलता खोज्न कहीँ जानु पर्दैन’ भन्ने भनाइलाई आफ्नो जीवनमा सार्थक बनाउन आफूहरू लागिपरेको पाण्डे दम्पतीको भनाइ छ । 

Vianet communication
Laxmi Bank

स्वअध्ययनबाटै आयोगको तयारी 
हिमालय मावि वस्तु धुर्कोटमा २०६६ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका सुरेन्द्र पढाइमा अब्बल थिए । यसपछि उच्च शिक्षा पढ्न भनेर उनी काठमाडौं गए । जनमैत्री मल्टिपल क्याम्पसमा कम्प्युटर साइन्स विषय लिएर ‘प्लस टू’ (११ र १२ कक्षा) पढ्न थाले । उनले दुई वर्ष लगनशील भएर पढे । प्रथम श्रेणीमा उत्तीर्ण भएपछि उनी स्नातक तह पढ्न पब्लिक युथ क्याम्पस गए । त्यहाँ उनले विषय परिवर्तन गरी व्यवस्थापन संकाय पढ्न थाले । सानैदेखि सरकारी सेवामा लोकसेवाबाट जागिर खाने सोच बनाएका सुरेन्द्र स्नातक तह उत्तीर्ण गरेपछि लोकसेवा आयोगको तयारीमा जुटेका थिए ।

२०७३ बाट स्वअध्ययन गरी आयोग तयारी गरेका सुरेन्द्रले पहिलो प्रयासमै न्याय सेवातर्फ २०७४ मै खरिदारमा नाम निकाले । उनको पहिलो ‘पोस्टिङ’ जिल्ला अदालत, पर्सामा भयो । त्यसपछि २०७६ को वैशाखमा उनले प्रशासन लेखा समूहमा नासुमा नाम निकाले । नासु बनेपछि उनी मालपोत कार्यालय, सिन्धुपाल्चोकमा नियुक्त भए । अहिले (२०८०)मा शाखा अधिकृतमा नाम निकालेर उनी महालेखा परीक्षकको कार्यालय काठमाडौंमा सिफारिस भएका छन् । ‘मैले लोकसेवा आयोगमा भाग लिएका सबै प्रतिस्पर्धामा एकैपटकमा नाम निकालेँ,’ सुरेन्द्र भन्छन्, ‘सबैभन्दा ठूलो कुरा सर्मपण र मेहेनत र लगनशीलता नै हो । लोकसेवा लक्ष्य लिएर पढ्नेका लागि यहाँ नाम निकाल्न धेरै गाह्रो पनि होइन । तर, बेसिक (आधारभूत) पढाइले चाहिँ हुँदैन ।’ 

पहिलो प्रयासमै न्याय सेवामा नाम
इस्मा गाउँपालिका रजस्थलकी जन्मिएकी रमिताले २०६८ आनन्द मोहन माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । प्लस टू एजुकेसन साइन्स लिएर पढिन् र उतीर्ण गरिन् । त्यसपछि रमिताले स्नातक तह ताहाचल क्याम्पस, काठमाडौंमा पर्छिन् । प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उनी आयोगको तयारीमा जुटिन् । २०७६ मा पहिलो प्रयासमै न्याय सेवातर्फमा खरिदारमा नाम निकालिन् । त्यसपछि उनी पर्सा जिल्ला अदालतमा सिफारिस भइन् । २०७६ मा बागमती प्रदेशको स्थानीय सेवाअन्तर्गत चौथौ र पाँचौ तहमा पनि उनले नाम निकालिन् । तर, उनको रुचि संघमा रहेकोले अन्तरर्वार्तामा सहभागी भइनन् । २०७९ मा सामान्य प्रशासन सेवाअन्तर्गत सम्पत्ति सुद्धीकरण विभाग पुल्चोकमा नासुमा सिफारिस भइन् । रमिताले यसै वर्ष सामान्य प्रशासन समूहअन्तर्गत शाखा अधिकृतमा पनि नाम निकालिन् । 

पर्सा अदालतमा भएको त्यो भेट 
सुरेन्द्र र रमिताको पहिलो भेट पर्सा अदालतमा भयो । त्यहाँ उनीहरू दुवै खरिदारको रुपमा कार्यरत थिए । एउटै जिल्लाका उनीहरू काम गर्दागर्दै नजिकिए । एकअर्कालाई चिन्ने मौका पाए, मन पराए । यो विस्तारै प्रेममा परिणत भयो । २०७७ मा सुरेन्द्र र रमिताले आफ्नो प्रेमलाई विवाह बन्धनमा परिणत गरे । ‘विहेपछि पनि पढाइलाई बाधा गरिएन,’ सुरेन्द्र भन्छन्, ‘दुवैले एकअर्कालाई सहयोग गर्दै पढियो । अन्ततः सफल भइयो ।’

null

रमिताको सानैदेखि निजामती सेवाको उच्च पदमा पुग्ने लक्ष्य थियो । त्यसैअनुसार आफूले विद्यालय तहबाटै मेहेनत गरेको र अहिलेको सफलतामा पुगेको उनी बताउँछिन् । उनकी दिदी अनिता र भाइ शंकर पनि निजामती सेवामा प्रवेश गरेका छन् । ‘एउटाले लेखेको कुरा अर्कोले हेथ्यौं, एकले अर्कोका कमीकमजोरी पत्ता लगाएर सोको सुधारतर्फ हाम्रो ध्यान जान्थ्यो । त्यहीकारण आज शाखा अधिकृत पास गर्न सफल भइयो,’ उनी भन्छिन् ।

‘समाजले निजामती सेवाका कर्मचारीलाई हेर्ने दृष्टिकोण सकारात्मक भएका कारण नै आफू यस क्षेत्रप्रति आकर्षित भएको रमिता बताउँछिन् । ‘समाजले निजामती सेवाका कर्मचारीलाई हेर्ने दृष्टिकोणका कारण म सानैदेखि यो क्षेत्रमा जानको लागि प्रभावित थिए,’ उनी भन्छिन्, ‘समाजले गर्ने मान, प्रतिष्ठा र इज्जत र वृद्धि विकासको कारणले यो क्षेत्रप्रति लगाव थियो । अति रुचाएर नै यस क्षेत्रमा लागेकी हुँ ।’

लोकसेवा सरकारी सेवा प्रवेशको स्वच्छ र आकर्षक गन्तव्य मानिन्छ । यसर्थ लोकसेवामा युवासँगै महिलाको प्रतिनिधित्व पनि प्रतिनिधित्व बढेको रमिताको ठम्याइ छ । नेतृत्व गर्ने स्थानमा पुगेका महिलाहरूको कार्यसम्पादन पनि अब्बल देखिँदै आएको उनी दाबी गर्छिन् । महिलाहरूलाई दायित्व बढी तर विश्वास कम गर्ने सोचलाई परिवर्तन गर्ने र आफ्नो क्षमताले देखाउने रमिताले दृढता व्यक्त गरिन् । 

कर्मचारीको काम गर्ने शैलीमा सुधार गरी जनमुखी प्रशासनको विकास गर्न निजामती तहको माथिल्लो तहमा परिवर्तन गर्नुपर्ने बेला–बेला आवाज पनि उठ्दै आएको छ । प्रशासनलाई नतिजामुखी बनाउँदै व्याप्त पुरानो सोच र संरचनालाई सुधार गर्न सेवा प्रवाहलाई सहज, सरल, चुस्त र पारदर्शी प्रभावकारी बनाउनुपर्ने अहिलको आवश्यकता पाण्डे दम्पतीले देखेका छन् । सुरेन्द्रको जोड प्रशासनिक नेतृत्व सुधारमा नेतृत्व तहमा युवा पुग्नुपर्नेमा छ । यसका लागि युवा पुस्ता संघर्षशील र धैर्यवान बन्नुपर्ने आवश्यकता उनी औँल्याउँछन् ।

गुल्मीबाट निजामती सेवामा प्रवेश गर्नेहरू धेरै छन् । त्यसो त निजामती प्रशासनमा एक पछि अर्काे गर्दै गुल्मीले नयाँ–नयाँ कीर्तिमान कायम गरेको छ । एक सालमै गुल्मी धुर्कोटका रमेश भण्डारीले १० वटा लोकसेवा परीक्षामा उत्तीर्ण गरेर कीर्तिमान बनाएका थिए ।

त्यस्तै गुल्मीकै अनिष गिरीले पनि एक वर्षमा सातवटा परीक्षा पास गरेको धेरै भएको छैन । यो वर्षमात्रै गुल्मीबाट एकैपटक १३ जना शाखा अधिकृत थपिएका छन् । यसले गर्दा पनि सानैदेखि आफ्नो लगाव यस क्षेत्रमा भएको रमिता बताउँछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

पुस २८, २०८०

बुटवलका कृष्ण चौहान क्षेत्रीले आफ्नो सफलता पैसासँग कहिल्यै तौलिएनन् । बरु हुँदा खाँदाको प्राध्यापन पेशाबाट हात झिकेर २४सै घण्टा मानव सेवामा लागेका छन् । उनको आफ्नो सम्पूर्ण जीवन नै रक्तदान क्षेत्रमा बिताउने प्रण गर...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x