कात्तिक १७, २०८०
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
काठमाडाैं | बैशाख १५, २०८१
कप्तान रोहित पौडेलको उत्कृष्ट शतकीय इनिङका साथ नेपालले बलियो टोली वेस्ट इण्डिज ‘ए’विरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको छ ।
२०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले टेस्ट टोली वेस्ट इण्डिजको ए टोलीलाई टी–२० सिरिजको पहिलो खेलमा ४ विकेटले पराजित गरेको हो ।
नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २०५ रनको लक्ष्य पूरा गरेको हो ।
रोहितले ४७ बलमा शतक प्रहार गरेका हुन् । उनी ५४ बलमा ११२ रन बनाएर आउट भए ।
यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरे ।
यस्तै दीपेन्द्रसिंह ऐरीले २४, कुशल मल्ल र कुशल भुर्तेलले १६–१६ रन जोडे ।
यसैगरी गुल्सन झाले अविजित ९ तथा प्रतिश जीसीले ५ रन बनाएपछि नेपालले लक्ष्य भेट्टायो ।
यसअघि विवेक यादव ७ र अनिल साह ५ रनमा आउट भएका थिए ।
यसअघि वेस्ट इन्डिज ‘ए’ले टी–२० श्रृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाललाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको टेस्ट राष्ट्र वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २०५ रनको लक्ष्य दिएको हो ।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । अर्धशतकीय पारी खेलेका उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन् ।
दीपेन्द्रले अन्तिम ओभरमा ४ रन मात्रै दिएर १ विकेट लिए ।
पहिलो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीले जोन्सन चाल्र्सलाई शून्यमा बोल्ड गरेका थिए ।
३.३ ओभरमा एन्ड्रे फ्लेचर रनआउट भएका थिए ।
वेस्ट इन्डिजका लागि अलिक अथान्जे २५ बलमा ४७ रन बनाए । उनलाई ६.५ ओभरमा कप्तान रोहित पौडेलले ललित राजवंशीबाट क्याचआउट गराएका हुन् ।
१४.२ ओभरमा ३८ रन बनाएर खेलेका केसी कार्टीलाई अविनाश बोहराले दीपेन्द्रबाट क्याचआउट गराएका हुन् ।
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...