×

सफलताको कथा

छोराको आसमा ६ छोरी जन्माएका देवराज र नन्दाको सुखद् संयोगः सातै सन्तान सरकारी जागिरे

कान्छी छोरी खुसीले निकालिन् एकै वर्ष लोकसेवाका सात परीक्षामा नाम

बुटवल | माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पनि त्यतिबेलाको समाजका कारण उनीहरू छोरा पाउन बाध्य भए । पाँच छोरीपछि छोरा आकाश जन्मिए । त्यसपछि अर्की छोरी जन्मिइन् खुसी । देवराज र नन्दाका सबै सन्तान विभिन्न पदमा रहेर सरकारी सेवामा काम गरिरहेका छन् । छोरीहरू झनै एकसे एक निस्किएका छन् । यसमा उनीहरूले कति गर्व गर्ने साँधी नै छैन ।

Laxmi Bank


Advertisment

बाआमा ।


Advertisment

रोल्पा लुम्बिनी प्रदेशको विकट हो । त्यसमा पनि सशस्त्र द्घन्द्घबाट सबैभन्दा बढी प्रभावित गाउँमा पर्छ पाथावाङ । त्यहाँ मगर समुदाय पनि अधिकांश जनयुद्धमा होमिएका थिए । तर अहिले यहाँको परिचय नै फेरिएको छ । यहाँको एक मगर परिवारका सदस्य पालैपालो सरकारी जागिरमा प्रवेश गरेपछि यहाँ अहिले जनयुद्धको भन्दा चर्चा यसको हुन थालेको हो ।

कुनैबेला देवराज र उनकी श्रीमती नन्दाले दिनरात गाउँमै मेहनत गर्दा पनि परिवारमा दुई छाक टार्नसमेत मुस्किल थियो । उनीहरूले आफ्ना सन्तानलाई दुःख सहेरै भए पनि पढाउने अठोट गरे । यसै मेसोमा देवराज सन्तानलाई राम्रो शिक्षा दिलाउने उद्देश्यले पैसा कमाउन भनेर परदेशसम्म गए । त्यो दुःखले सार्थकता पाएपछि उनीहरू अहिले दंग छन् ।  अझै कान्छी छोरी खुसीले एकै वर्ष सात ठाउँमा लोकसेवा उत्तीर्ण गरेर देशभर प्रभाव छाडेपछि त देवराज र नन्दाको खुसीको सीमा छैन । 

नीमा बुढामगर ।

स्थायी शिक्षक जेठी छोरी नीमा रोल्पाकै गंगादेव गाउँपालिकामा रशेको गंगा माध्यमिक विद्यालयमा शिक्षण गर्छिन् । माइली छोरी दुर्गा पनि रोल्पाकै दिव्यज्योति माविमा पढाउँछिन् । साइली छोरी चन्द्रा जनता प्रावि, लिवाङकी शिक्षक हुन् ।

दुर्गा बुढामगर ।

काइली छोरी दीपा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पामा कार्यरत छिन् । त्यस्तैगरी राइली छोरी प्रगति राइजोविनय तथा घाँसेबाली बिउबिजन प्रयोगशाला जनकपुरधाम, धनुषामा कार्यरत छिन् । त्यस्तै छोरा आकाश हल्दीबारी गाउँपालिका, झापामा सब–इन्जिनियरको रूपमा कार्यरत छन् । कान्छी छोरी खुसी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मत्स्य विकास केन्द्रमा कार्यरत छिन् । 

जागिरे छोराछोरीले देवराजको अनुहारमा खुसी थपिदिएका छन् । आफू ५ कक्षाभन्दा माथि पढ्न नपाएकाले देवराजले सबै छोराछोरीले राम्रो पढेर जागिर खाउन् भन्ने सोचेका थिए । नीमादुर्गापछि एकपछि अर्को गर्दै सबैले सरकारी जागिर खान शुरू गरे । धेरै सन्तान भएकाले देवराजले सबैलाई राम्रो विद्यालय र बोर्डिङ स्कूलमा पढाउन सकेनन् । तथापि, गाउँकै स्कुलमा पढेर पनि छोराछोरी सबै अब्बल ठहरिए । ‘दुईवटी दिदी राहत शिक्षक हुनुहुन्छ,’ आकाश भन्छन्, ‘उहाँहरू पनि सबै सरकारी जागिरेमै गनिनु हुन्छ । दुवै दिदीले आयोगका पहिलो चरणका परीक्षा पास गर्नुभएको छ । उहाँहरू पनि अबको केही समयमा पूर्ण स्थायी बन्नुहुन्छ भन्ने आस छ ।’

आकाश बुढामगर ।

एक जनाबाहेक आफ्ना सबै भिनाजु सरकारी जागिरे रहेको आकाशले बताए । ‘हामी मात्र होइन एक जनाबाहेक हाम्रा सबै भिनाजु सरकारी जागिर नै हुनुहुन्छ । एक जना भने व्यवसायी हो,’ उनले थपे, उनका अनुसार नीमाका श्रीमान् कमलराज पुन सरकारी जागिरे हुन् । चन्द्राका श्रीमान् शिक्षक र दीपाका श्रीमान् इन्जिनियर छन् । प्रगतिका श्रीमान् पनि सरकारी जागिरे नै हुन् । कान्छी बहिनी खुसीको भने बिहे गरेको छैन ।

यो सबै अहुनुको पछाडि आफ्ना बुवाआमाको हात रहेको उनीहरू बताउँछन् । ‘हामी सबैलाई यो अवस्थामा पुर्याउनुमा प्रमुख भूमिका हाम्रा आमाबुवाको रहेको छ,’ कान्छी छोरी खुसी भन्छिन्, ‘उहाँहरूले हाम्रा लागि यति नगरिएको भए सायद पढ्ने एउटा सपना मात्र हुन्थ्यो होला । बुवाले परदेशीको भूमिमा आफ्नो पसिना बगाउनुभयो । हाम्रा लागि दुःख कति गर्नुभयो त्यो भनिसाध्य छैन । हामी सबै छोराछोरी पनि राम्रो मार्गमा हिँड्यौँ, जसका कारण आज यो सम्भव भयो ।’

चन्द्र बुढामगर । 

अग्रज र दिदीहरूले पढेर सरकारी जागिर खानुपर्छ भन्ने सुझाव दिएपछि आफूले पनि सरकारी सेवामा प्रवेश गरेको इन्जिनियर आकाश बताउँछन् । बुवाआमाले खेतीपाती र घाँस दाउराका लागि गरेकोजस्तो दुःख गर्न नपर्ने र इज्जत पनि हुने भएर सरकारी जागिरे सबैलाई आकर्षित गर्यो,’ आकाश भन्छन्, ‘यद्यपि, हामीले यो सफलता गाउँकै सामान्य स्कूलमा पढेर बिहान बेलुका घाँसपात र खेतीपातीमा बुवाआमालाई सहयोग गरेर हासिल गरेका हौँ ।’

गाउँकै योगदानलाई कायम राख्न र देशमै बसेर जनताको सेवा गर्ने यो अवसरमा पछिल्लो पुस्तालाई जोड्न आवश्यक रहेको इन्जिनियर आकाशको भनाइ छ । २३ वर्षका आकाश अहिले झापाको बिर्तामोर्डस्थित पाथिभरा इन्जिनियरिङ कलेजमा बिहान पढ्छन् भने दिउँसो कार्यालय जान्छन् ।

दीपा बुढामगर ।

आफूहरू सबैलाई सत्मार्गमा हिड्न सिकाउने भिनाजु कमलराज पुन भएको आकाश बताउँछन् । ‘कान्छी बहिनी अलि ट्यालेन्ट हो । अरु हामी सबै औसत हौँ । मैले लकडाउनका बेला घरमै बसेर ‘सेल्फ स्टडी’ गरेर नाम निकालेको हुँ,’ उनले भने, ‘प्लस टू’ सकेपछि सबैले संघर्ष गरेर सफलता हासिल गरेका हौँ । कोचिङ वा टयुसन कक्षा लिएको कसैले पनि होइन ।’

मुलुक संघीयतामा गएर प्रदेश तथा स्थानीय सरकार बनिसकेपछि सरकारी सेवामा प्रशस्त अवसर खुलिरहेका छन् । सरकारी जागिरप्रतिको मोह र त्यसमा भविष्य देख्ने खुसी र आकाशको परिवारजस्ता हजारौं युवा यतिबेला लोकसेवा परीक्षाको तयारी गरिरहेका छन् । काठमाडौं र मोफसलमा जिल्लामा खुलेका लोकसेवा तयारी कक्षा चलाइरहेका इन्स्टिच्युटहरूमा विद्यार्थीको चाप हेर्दा सरकारी जागिरप्रतिको मोह बढेर गएको पाइन्छ ।

खुसी बुढामगर ।

सरकारी सेवामा युवाको आकर्षण बढ्नुको प्रमुख कारण सुरक्षित जीवनयापन र निष्पक्ष परीक्षा प्रणाली रहेको जेठी छोरी नीमा बताउँछिन् । ‘द्वन्द्वकालमा तत्कालीन माओवादीका कार्यकर्ताले अभियानमा हिँड्नुपर्छ भनेर हामीलाई पनि बाध्य गराउँथे,’ उनी भन्छिन्, ‘लुकीलुकी पढियो । धेरै सन्तान भएपछि आमाले हामीलाई अब तिमीहरू स्कुल छाडेर काम गर भन्दा पनि बाबाले पढाइ छोडाउन दिनुभएन । म पछिका सबै भाइबहिनीले पनि सही लाइन समाते । एक्लो भाइ पनि बिग्रिन्छ कि भन्ने हामी छ बैनीको पिरलो हुन्थ्यो । भाइ पनि सही बाटो समात्यो हामी सबै खुसी छौँ ।’

पछिल्लो समय लोकसेवामा नयाँ पुस्ता उदाउन थालेका छन् । उमेरले दुई दशक वरपर नै राष्ट्रसेवक कर्मचारी बन्ने युवा पुस्ताले लोकसेवा आयोग उत्तीर्ण गरेपछि त्यसको चर्चा परिचर्चा देशभर हुन थालेको छ । यस्तै सरकारी जागिरमा तलब र सेवासुविधा प्रत्येक वर्ष बढ्दै जान्छ । तलब नबढे पनि अन्य सुविधा हुन्छन् । यसले गर्दा पनि सरकारी जागिरमा युवाको आकर्षण बढेको नीमा बताउँछिन् । 

प्रगति बुढामगर ।

‘सेवा, सुविधा, प्रतिष्ठा र सामान्य जीवनयापन गर्न सहज हुने बुझेर ममा शिक्षक सेवा पढ्ने रुचि बढेको हो,’ उनी भन्छिन्, ‘तलब र सेवा–सुविधा प्रत्येक वर्ष बढ्दै जान्छ । तलब नबढे पनि अन्य अन्य सुविधा पनि हुन्छन् । आवश्यकताअनुसार सरकारले विशेष निर्णय र ऐनमार्फत् भए पनि सेवा–सुविधा बढाइरहन्छ ।’ 

देवराजकी कान्छी छोरी खुसीले १० महिनामा ७ वटा लोकसेवाका परीक्षा उत्तीर्ण गरेकी हुन् । उनले यसै साल (२०८०)मा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेश तथा संघीय गरी सात ठाउँमा नाम निकालेकी हुन् । 

प्लस टू उत्तीर्ण गरेपछि युवा–युवती विदेश जाने लहर चलेकोप्रति सुखी खासै खुसी छैनन् । मेहनत गरे देशमै धेरै कुरा सम्भव रहेको उनको भनाइ छ । ‘सरकारी कार्यालयमा जाँदा ढिलासुस्ती र चित्तबुझ्दो काम हुँदैन भन्ने जनतामा परेको प्रभावलाई हामीजस्ता नयाँ र युवा कर्मचारीले परिवर्तन ल्याउन जरुरी छ । म परिवर्तनका लागि सधैँ लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ उनी थप्छिन् ।

जे होस् अहिले सुखी र उनका दिदीदाजुले संघर्षबाट सफलता प्राप्त हुन्छ र गाउँघरमै बसेर पनि अब्बल हुन सकिन्छ भन्ने सन्देश दिएका छन् । यसले गाउँका विद्यालय र समुदायस्तरमा पनि नयाँ बहस सिर्जना गराएको छ । खुसी भने अरूलाई देखाउन नभई आफ्नो सपना पूरा गर्न मेहनत गरेको र सफलता पनि मिलेको बताउँछिन् ।

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x