फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवल | माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै चिन्छिन् । ‘चकलेटी मोडल’को उपमा पाएका किशोर बुटवल क्षेत्रमा चिनिएका कोरियोग्राफर हुन् ।
सानैदेखि गीत बज्यो कि कम्मर मर्काइहाल्ने बुटवलको एक मामुली ठिटो अहिले त्यसैलाई व्यावसायिकतामा ढालिरहेको छ । किशोर नृत्यमार्फत रोमाञ्चकता पैदा गर्न सिपालु मानिन्छन् । यसर्थ नृत्य र अभिनय हेर्ने प्रायः उनको प्रशंसक बन्ने गरेका छन् ।
हाल ३५ वसन्त पार गरिसकेका किशोरले विसं २०५७ सालमा बुटवलको औद्योगिक प्रदर्शनी ‘आइडल’मा स्टेज चढेर पहिलोपटक नाचेका थिए । त्यसयता उनले कलाकारितामा पछाडि फर्किनुपरेको छैन ।
‘म जुन क्षेत्रमा लागेको छु, मलाई यही क्षेत्रले जीवन जिउन र रमेर हिड्न सिकायो,’ किशोर भन्छन्, ‘५७ सालमा बुटवलको औद्योगिक प्रदर्शनी आइडलमा स्टेज चढेर नाचेपछि कलाकारितामा मैले पछाडि फर्किनु परेको छैन ।’ त्यो बेला स्टेज चढेर ‘सो’ नृत्य देखाउँदा उनी कम्ता मख्ख थिएनन् ।
मोफसलमा सफल कलाकारको रूपमा चिनिएका किशोर सफलताको लागि कडा संघर्ष गरेको बताउँछन् । आफ्नै दुई दिदी शारदा थापा र गीता थापाबाट प्रभावित भएर नृत्यमा लागेका किशोरको ‘टर्निङ प्वाइन्ट’ चाहिँ नेपाल टेलिभिजनले सञ्चालन गरेको ‘छमछमी सिजन– वान’ बन्न पुग्यो । ‘छमछमी– २०१० मा उनी शीर्ष १२ सम्म पुगेका थिए । उनका दिदीहरू शारदा र गीता काठमाडौंको राष्ट्रिय नाँचघरमा प्रशिक्षक छन् । उनीहरू नृत्यसमेत प्रस्तुत गर्छन् । तिनै दिदीको प्ररेणाले आफू अघि बढिरहेको किशोरको भनाइ छ । ‘नृत्य मेरो मनैदेखिको सौख र रुचिको विषय त हो नै, त्यसमा दुई दिदीहरूको प्रेरणा पनि थपियो,’ उनी भन्छन् ।
अहिलेसम्म किशोरले पाँच दर्जनभन्दा बढी लोकदोहोरी, आधुनिक, तीजलगायत विभिन्न जनराका गीतमा ‘मोडलिङ’ गरिसकेका छन् । ‘आफ्नै आँखामा पनि बसायो’, ‘एकैछिन’, ‘पर्खे हुन्थ्यो’जस्ता गीत उनी आफैँले गाएका र अभिनय गरेका गीत हुन् । उनले गीतमा आफैँले लगानी गर्छन्, स्वर दिन्छन्, अभिनय गर्छन् । त्यसैले त आजकल बुटवलमा जुनसकै गीतको छायांकन गर्न आउनेले कोरियोग्राफर गर्न किशोरलाई नै खोज्छन् ।
हालै उनले चर्चित मोडल कुसुम शर्मा (सकम्बरी)सँग ‘राजा राजा’ गीत बजारमा ल्याएका छन् । यसले उनलाई राष्ट्रियस्तरमा परिचय गराएको छ । यसबाट उनी उत्साहित छन् । अब उनी नृत्यलाई आफ्नो जीवनको अभिन्न अंग मान्छन् । ‘म वास्तवमा नृत्यकै लागि जन्मिएको जस्तो लाग्छ,’ दार्शनिक शैलीमा किशोर भन्छन्, ‘मेरो जीवनलाई नयाँ मोड दिने माध्यम नै नृत्य बन्यो । आज म नृत्य र कलाकारिता बिनाको जीवन कल्पना पनि गर्न सक्दिनँ ।’
किशोरले बुटवलकै बागेश्वरी कला केन्द्रमा प्रशिक्षण लिएर कलाकारिता क्षेत्रमा पाइला चालेका थिए । पछि त्यही बागेश्वरीमा नृत्य प्रशिक्षक भएर काम गरे । त्यस्तै उनले सत्य साई कला केन्द्र र सिद्धार्थ कला केन्द्रमा प्रशिक्षको रूपमा पनि काम गरे ।
किशोर बुटवलमै जन्मिए र हुर्किए । यहीँ पढे र यही नै रमाइरहेका छन् । उनले बुटवलकै कालिका माविबाट एसएलसी गरे । ११ र १२ मणिमुकुन्द कलेजबाट गरे भने स्नातक लुम्बिनी वाणिज्य क्याम्पसबाट उत्तीर्ण गरे । उनी अहिले बुटवलमा धेरै विद्यालयमा पनि नृत्य प्रशिक्षकको रूपमा कार्यरत छन् । उनले आफ्नै नृत्य सिकाउने छमछमी कला केन्द्र पनि सञ्चालनमा ल्याएका छन् । जहाँ दैनिक दर्जनौं विद्यार्थी नृत्य सिक्छन् । परिवारको जेठा छोरा किशोरले कलाकारितासँगै परिवारको ठूलो दायित्व पनि निर्वाह गरेका छन् । यही क्षेत्रबाट सन्तोषजनक रूपमा कमाए पनि भइरहेको उनी लुकाउँदैनन् ।
‘अहिले नेपाली कलाकारिता क्षेत्रमा रहरले लाग्नेहरू धेरै छन् । त्यस्ता व्यक्तिहरू टिक्न धेरै गाह्रो हुन्छ । उनीहरूलाई यो क्षेत्रमा नआउ भनेको होइन,’ उनी सुझावको शैलीमा भन्छन्, ‘कलाकारिता क्षेत्रमा मेहनत, परिश्रम र क्षमता पनि चाहिन्छ । यी तीन कुरा गर्न सक्ने व्यक्तिलाई सफलता गाह्रो होइन । रहरले आउने छिट्टै पलायन भइरहेको देख्न सकिन्छ । यसर्थ, यी कुरा विचार गरेर मात्र कलाकारितामा आएका सफल भइन्छ ।’
कलाकारिता क्षेत्रमा सफलता पाउन मिहिन परिश्रम, निरन्तरको प्रयास, लगनशीलता र इमान्दारिता आवश्यक पर्ने आफ्ना अग्रजबाट किशोरले सिकेका हुन् । साधना र निरन्तरताको प्रयासले कलाकार निखारिँदै सफल बन्ने किशोरको पनि बुझाइ छ । ‘कला क्षेत्र सिर्जनशीलता पनि हो । यो विषयलाई सामान्य मान्नु हुँदैन । एक विशाल क्षेत्र हो । रहर र कसैलाई देखाउँछु भनेर यो क्षेत्रमा लाग्न खोज्नेहरू नआएकै राम्रो हुन्छ,’ उनी थप्छन्, ‘अहिले कलाकारिता सिकाउन धेरै ठाउँमा कला केन्द्रहरू स्थापित भइसकेका छन् । केही सिकेर र बुझेर आइयो भने यस क्षेत्रमा सफल बन्न सकिन्छ । त्यसैले यो क्षेत्रमा लाग्नुभन्दा पहिला बुझने तथा सिक्ने गरेमा सफल बनिन्छ ।’
किशोर अब ठूलो पर्दामा पनि देखिने इच्छासहित मेहनत गरिरहेका छन् । चलचित्रमा अभिनयमा गर्नका लागि आवश्यक सीप विकास गर्न उनी तल्लिन छन् । कलाकारिता क्षेत्रमा औपचारिक रुपमा पढेको भन्दा पनि प्रतिभाशाली मान्छे सफल हुने उनको बुझाइ छ । यद्यपि, देशको परिस्थितिबारे भने उसमा ज्ञान हुन आवश्यक रहेको उनी बताउँछन् । ‘एउटा मोडल शारीरिक सौन्दर्यमा मात्र सीमित नभई उसमा ज्ञान पनि हुन आवश्यक छ । देशमा भइरहेका वर्तमान घटनाक्रम मुलुकको इतिहास, समाजको गति र परिवेशको ज्ञान अवगत हुनुपर्छ,’ नेता शैलीमा उनी भन्छन्, 'त्यसका अलाबा आफ्नो पेशाप्रतिको ज्ञान त अत्यावश्यक नै भइहाल्यो ।’ साथै, मेहनत, कडा अभ्यास र हँसिलो तथा मिलनसार स्वभाव सफल मोडलमा हुनुपर्ने गुण रहेको किशोर बताउँछन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...