×

भूकम्पले निम्त्याएको विनाश

ग्राउन्ड जिरो: चिउरी गाउँको मुटु कमाउने दृश्य– शवको ताँती, दाउरा बोकेर घाट पुगे महिला

जाजरकोट | कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे 

Laxmi Bank

स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ) 


Advertisment

‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन, लैजाऊ भगवान्’, नलगाड नगरपालिका– १ चिउरीकी १५ वर्षीया रूपकली घेतमाल आफ्नी ठूलीआमाको शवअगाडि बसेर चिच्याइचिच्याइ रोइरहेकी थिइन् । परिवारका अन्य सदस्यहरू पनि रोइरहेका थिए ।


Advertisment

कसैले छोराछोरी गुमाएका थिए, कसैले अभिभावक, त्यहाँ कसैको आँखा ओभानो देखिएन । रूपकली र उनकी ठूलीआमा सँगै सुतेका रहेछन् । भूकम्प आएपछि दुवैजना सँगै उठेर भाग्दै थिए, त्यही क्रममा घर भत्किएर च्यापिए । रूपकलीलाई करीब २ घण्टापछि जीवितै उद्धार गरियो, तर उनकी ठूलीआमाको मृत्यु भयो ।

null

‘उनीहरू दुवैजना सँगै सुतेका थिए । ठूलीआमा च्यापिएको ठाउँमा बहिनी पनि च्यापिएकी थिइन् । सँगै पुरिएका उनीहरूलाई २ घण्टापछि निकालेका थियौं, ऊ बाँची तर ठूलीआमा गइन्,’ दाजु वीरबहादुले लोकान्तरसँग भने । 

ठूलीआमालाई घाटमा पुर्‍याउँदासम्म पनि रूपकलीको अवस्था त्यस्तै थियो । उनी छिनमा मुर्छा पर्थिन्, छिनमा ‘किन गयौ नि आमा ?’ भन्दै चिच्याउँथिन् ।

उनी मात्र होइन, चिउरी गाउँमा भूकम्पले घर भत्किँदा मृत्यु भएका १३ जनाकै परिवारमा यही हाल थियो । मृतक अधिकांश २२ वर्षदेखि २८ वर्ष बीचका रहेछन् ।

.....

शनिवारको रात खुला आकाशमुनि बिताएका स्थानीय आइतबार बिहानै जम्मा हुन थाले ।

अधिकांश रोइरहेका थिए, नरोएकाहरू पनि रुँदारुँदै थाकेर बल्ल सम्हालिएका देखिन्थे । ‘हुने हार दैव नटार’ भन्ने नेपाली उखान छ, त्यही निष्कर्षसहित बचेकाहरू आफन्तजनको अन्तिम बिदाइका लागि तयारीमा जुटे । 

null

आफन्तको अन्तिम संस्कारका लागि तयारीमा जुट्नेमध्ये एक थिए, दिनेश विक ।

२० वर्षीय दिनेशले भाउजू र भतिज गुमाएका रहेछन् । उनी हजुरबुवा, हजुरआमानजिकै सुतेका थिए । हजुरबुवा, हजुरआमालाई त उनले जोगाउन भ्याए, तर भाउजू र ४ वर्षीय भतिजलाई बचाउन सकेनन् ।

उनको खुट्टामा पनि चोट लागेको रहेछ । दिनेश कहिले भाउजू र भतिजको शवनजिक जान्थे, कहिले भत्किएको घर नियाल्थे । उनमा बेचैनी प्रस्ट देखिन्थ्यो । 

‘हजुरबुवा र हजुरआमालाई त बचाएँ, तर भाउजू र भतिजलाई बचाउन सकिनँ,’ उनले आँसु झार्दै भने ।

null

भारी मनले उनी भाउजू र भतिजलाई अन्तिम बिदाइको तयारीमा जुटेका थिए ।

‘दैवको अगाडि के लाग्दोरहेछ र, बेहोर्नैपर्‍यो । आँखाअगाडि भाउजू र भतिज झलझल्ती आउँछन्, जिउँदै छन् जस्तो लाग्छ, तर अगाडि लास छ,’ दिनेशले लोकान्तरसँग भने, ‘अब उनीहरूलाई बाँसमा बाँधेर लग्नुपर्ने छ ।’

null

दिनेशले काँधमा राखेर भाउजू र भतिजको शवलाई खोलामा पुर्‍याए । शवको ताँती नै निस्कियो ।

अधिकांश युवा विदेशिएकाले गाउँमा बचेखुचेका पुरुषहरूले शवलाई काँधमा राखे । महिलाहरू दाउरा बोकेर घाटतर्फ लागे । शवको ताँतीको हृदयविदारक दृश्य देखियो ।

null

अन्तिम संस्कारका लागि शवहरूलाई एकैसाथ नलगाड नदीमा पुर्‍याइएको थियो ।

नलगाड नगरपालिकाको कार्यालयबाट ४ किलोमिटर पर रहेको यो गाउँमा अहिलेसम्म स्थानीय तहका जनप्रतिनिधि समेत आइपुगेका रहेनछन् ।

दलित बस्ती भएकाले अधिकांशको आँखा आफूहरूमा नपर्ने गरेको उनीहरूको गुनासो थियो ।

null

दलित बस्ती भएकाले राज्यको आँखामा परेनौं– स्थानीय

शुक्रवार रातिको भूकम्पमा सबैभन्दा धेरै क्षति भएको ठाउँमध्ये एक हो, चिउरी ।

एउटै गाउँमा १३ जनाले ज्यान गुमाएका छन् । तर, स्थानीय प्रहरी र उद्धारकर्ता समेत त्यहाँ अहिलेसम्म गएका छैनन् । 

‘अहिलेसम्म कोही पनि आएका छैनन्, यो गरीब गाउँलाई हेर्न को आउँछन् र ?,’ स्थानीय मनिष बिकले लोकान्तरसँग भने ।

उनले केही परसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएको सुनेका छन् । तर, आफ्नो गाउँमा नआएकोमा उनको मन खिन्न छ ।

‘ठूला मान्छेले पनि राम्रो ठाउँ नै हेर्दा रहेछन्, हामीजस्ता गरीबको बस्तीमा किन आउँथे ?’ उनले लोकान्तरसँगको कुराकानीमा भने ।

१६० घरधुरी भएको चिउरीमा अधिकांश दलित छन् । अहिले सिंगै गाउँ कहिल्यै नभोगेको विपद् र शोकमा छ । 

हेर्नुहोस्, थप तस्वीर :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x