×

NMB BANK
NIC ASIA

आर्थिक मन्दीको असर

राज्यको अदूरदर्शी नीति : डन्डी, सिमेन्ट, रियलस्टेटदेखि अटोमोबाइलसम्म अझै थला

काठमाडाैं | भदौ २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आन्तरिक र बाह्य कारणले दबाबमा परेको अर्थतन्त्र २ वर्षदेखि संकुचनमा छ । अर्थतन्त्रको प्रमुख अंग मानिने ‘कर्पोरेट’ क्षेत्रमा विद्यमान विभिन्न समस्या, सरकारको अदूरदर्शी निर्णय तथा नीति नियमका कारण अर्थतन्त्र तंग्रिन सकेको छैन । 

Muktinath Bank

केन्द्रीय बैंकको ‘रिपोर्ट’अनुसार बाह्य अर्थतन्त्र दुई वर्षअगाडिकै जस्तो सहज अवस्थामा छ भने आन्तरिक अर्थतन्त्र थप जटिल बन्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ वर्षअगाडि सरकारले स्पन्ज आइरन (पत्रु फलाम)मा लिएको नीतिका कारण ६ वटा उद्योगलाई फाइदा पुग्दा बाँकी २४ वटा उद्योग समस्यामा परिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपालमा सर्वोत्तम स्टिल, पशुपति आइरन, लक्ष्मी स्टिल, जगदम्बा स्टिल, अम्बे स्टिल र अशोक स्टिलले मात्र स्पन्ज आइरन आयात गरेर बिलेट उत्पादन गर्छन् ।

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७८/७९ को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले डन्डी उद्योगका लागि आवश्यक प्रमुख कच्चा पदार्थ स्पन्ज आइरन (पत्रु फलाम)को आयातमा शून्य भन्सार कायम गर्दै अन्तःशुल्क छुट दिएका थिए ।

शर्माको नीतिले स्पन्ज आइरनबाट डन्डी उत्पादन गर्ने आधा दर्जन उद्योगीलाई मात्र फाइदा पुग्यो । बिलेट आयात गरेर डन्डी उत्पादन गर्ने २ दर्जन उद्योग भने थला नै परेको यस क्षेत्रका उद्योगी व्यवसायी बताउँछन् ।

साढे २ वर्षदेखि नेपालमा डन्डी उत्पादन गर्दै आएको साखः स्टिलका प्रबन्ध निर्देशक किरण शाखःले भने, ‘शून्य भन्सार र शून्य अन्तःशुल्क अन्य कुनै पनि वस्तुमा छैन, तर स्पन्ज आइरनको आयातमा भएको यस्तो व्यवस्थाले अर्बौं राजस्व तिर्ने डन्डी उद्योगको ओठतालु नै सुकेको छ ।’ समान प्रकारको व्यापारमा २ वर्षदेखिको विभेदले आफूहरू मारमा परेको उनले बताए । 

सरकारी व्यवस्थामै गरेको विभेदका विषयमा व्यवसायीले पटक-पटक गरेको गुनासो नसुनेकैका कारण डन्डी उद्योगहरू सकिने अवस्था आएको शाखःको भनाइ छ ।

सरकारी व्यवस्थामै गरेको विभेदका विषयमा व्यवसायीले पटक-पटक गरेको गुनासो नसुनेकैका कारण डन्डी उद्योगहरू सकिने अवस्था आएको शाखःको भनाइ छ ।

अघिल्लो सरकारले गरेको गल्तीलाई यो सरकारले पनि निरन्तरता दिएको छ । राम्रोसँग चलेको उद्योगलाई एकैपटक मरणासन्न बनाउँदा पनि बचाउने प्रयास हुन नसकेको शाखःले गुनासो गरे ।

लागत धान्न नसकेर २५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको डन्डी उद्योगको अवस्था साह्रै दयनीय भइरहेको छ । शाखःले भने, ‘मेरो शाखः इन्डस्ट्री न चल्न सकेको छ, न त औपचारिकरूपमै बन्द गर्न सकिएको छ । सरकारले लहडको भरमा लिएको एउटा नीतिका कारण राज्यलाई वर्षौंदेखि योगदान गरेका, हजारौंले रोजगारी पाएका उद्योग कमजोर बन्न पुगे ।’

*****

कर्पोरेट क्षेत्रबाट राजस्वमा महत्त्वपूर्ण योगदान गरिरहेको मोबाइलका व्यापार पनि खस्कँदै गएको छ । मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्रा कर्पोरेट क्षेत्रमा योगदान गर्नेमध्येको एक मोबाइल फोनको आयात आर्थिक मन्दीले कम भइरहेको बताउँछन् । मलहोत्राले लोकान्तरसँग भने, ‘एकातर्फ सरकारले आयातमा प्रतिबन्ध लगायो भने अर्कातर्फ आर्थिक मन्दीले थप समस्यामा पारेको छ ।’

चालू आर्थिक वर्ष २०८०/८१ को साउनमा नेपालमा १ लाख ८० हजारवटा स्मार्ट फोन भित्रिएका छन् । यी फोन भित्रिँदाको भन्सार मूल्य मात्रै २ अर्ब ८६ करोड रुपैयाँ छ । 

गत वर्ष २०७९/८० को साउनमा ३ लाख ७२ हजारवटा मोबाइल आयात भएको थियो । उक्त मोबाइल आयात हुँदाको भन्सार मूल्य २ अर्ब ७५ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ । तथ्यांकअनुसार नेपालमा गत वर्षको तुलनामा यो वर्षको साउनमा भित्रिएको मोबाइलको संख्या १ लाख ९२ हजारले कम हो । मोबाइलको मूल्य बढेकाले कम संख्यामा आउँदा पनि रकम अघिल्लो वर्षभन्दा बढी देखिएको व्यवसायीहरू बताउँछन् ।

गत आर्थिक वर्ष २०७९/८० मा सरकारले नै ९ महिनासम्म आयात रोकेकाले उक्त वर्ष १५ लाख ७० हजार वटा मोबाइल भित्रिँदा त्यसको भन्सार मूल्य जम्मा २४ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तो मोबाइल आयात आव २०७८/७९ मा भने ५७ लाख ६० हजार थियो । ती मोबाइलको भन्सार मूल्य ४० अर्ब ८९ करोड रुपैयाँ थियो । झण्डै ४१ अर्बको मोबाइल आयात हुँदा भन्सार राजस्व भने ६ अर्ब ५४ करोड संकलन भएको थियो ।

गत वर्ष सरकारले ३ सय डलरसम्मका मोबाइल आयात रोकेको थियो । यो वर्ष आयात खुला हुँदा १५ सय डलरसम्मका मोबाइल भित्रिरहेका छन् ।

संख्यात्मक रूपमा महंगा मोबाइल कम आउने र सस्ता नै धेरै आउने गर्छन् । पछिल्लो समय अर्थतन्त्रको अवस्था र सरकारी नीतिसहितका कारण मोबाइलको व्यापार कम हुँदै गएको छ ।

*****

निर्माण क्षेत्र चलायमान हुन नसक्दा सिमेन्ट उद्योग पनि समस्यामा रहेको सिमेन्ट उद्योगी पशुपति मुरारकाले बताए ।

सरकारले यो बेला बढी खर्च गर्नुपर्ने भए पनि कम भइरहेको, बैंकले निर्माण क्षेत्रमा लगानी बढाउन नसकेको, घर तथा भवनसहितको निर्माणले गति लिन नसकेको कारण सिमेन्ट उद्योग मारमा परेको बुझाइ मुरारकाको छ । 

गत वर्षको तुलनामा उत्पादन क्षमता बढेको छ भने केही उद्योगले निर्यातसमेत गर्न थालेको सिमेन्टको आन्तरिक खपत भने गत वर्षभन्दा कमजोर भइरहेको छ । सरकारले यो बेला बढी खर्च गर्नुपर्ने भए पनि कम भइरहेको, बैंकले निर्माण क्षेत्रमा लगानी बढाउन नसकेको, घर तथा भवनसहितको निर्माणले गति लिन नसकेको कारण सिमेन्ट उद्योग मारमा परेको बुझाइ मुरारकाको छ । 

‘राज्यले खर्च बढाउन नसक्दा बजार चलायमान हुन पनि नसेकेको देखिन्छ । जबसम्म सरकारले घरजग्गा व्यवसायलाई गति दिलाउन सक्दैन, तबसम्म न निजी क्षेत्रको ग्रोथ हुन्छ, न अर्थतन्त्रमा सुधार आउँछ,’ मुरारकाले भने । 

गत वर्षको तुलनामा यो वर्ष सिमेन्टको खपत १५ देखि २० प्रतिशतले घटिसकेको छ । यो निर्माण क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा घटेको खपत बढाउने काम सरकारकै भएको पनि मुरारकाको भनाइ छ । 

*****

कोभिड, आयातमा कडाइ र अर्थतन्त्रमा देखिएको मन्दीको मारमा परेको अटो क्षेत्र अझै चलायमान हुन सकेको छैन ।

अटोक्षेत्रले गति लिन नसक्दा यसको माध्यमबाट हुने अर्थतन्त्रमा योगदान कम भएको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए । 

उनले भने, ‘सरकारले आयातमै प्रतिबन्ध लगाएकाले गत वर्ष यो क्षेत्र सबैभन्दा बढी मारमा पर्‍यो । अब विस्तारै चलायमान हुने अपेक्षा गरिरहेको भएपनि अर्थतन्त्रमा मन्दी कायमै रहेकाले चुनौतीपूर्ण छ ।’

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष विद्युतीय गाडी मात्रै ४ हजारवटा भित्रिएका छन् । आव २०७९/८० मा १२ अर्ब रुपैयाँ भन्सार मूल्यका विद्युतीय गाडी भित्रिएको तथ्यांकले देखाएको छ । विगतका वर्षको तुलनामा अरू गाडीको आयात भने न्यून छ ।

सरकारले आयातमा रोक लगाएपछि ठप्प भएको अटो क्षेत्रलाई त्राण दिने प्रयास यो वर्षको नाडा अटोशोमार्फत दिन खोजिएको यस क्षेत्रका व्यवसायी बताउँछन् । यसका लागि अटो क्षेत्रलाई तरंगित बनाउने गरी चार वर्षपछि नाडा अटो शो हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डमा २६ देखि ३१ भदौसम्म हुने अटो शोमा यो वर्ष शतप्रतिशत नयाँ सवारी आउने भएको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष थापाले बताए  ।

थापाले भने, ‘२ वर्ष कोभिडका कारण र एक वर्ष सरकारले सवारी आयातमा प्रतिबन्ध लगाएकाले नाडा अटो सो हुन सकेको थिएन । यस वर्ष विगतको भन्दा व्यापक र व्यावसायिक हिसाबले पनि बढी प्रभावकारी अटो शो हुने अपेक्षा गरिएको उनले बताए । 

नाडा अटो शोमा विद्युतीय सवारीदेखि पेट्रोल डिजेलका गाडी पनि प्रदर्शनीमा राखिन्छ । यसपटक नाडा अटोशोलाई नै पर्खिएर बस्ने उपभोक्ताको जमात धेरै भएकाले विगतको तुलनामा यो वर्ष सवारी बिक्री बढ्ने र सुस्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने पनि नाडाका अध्यक्ष थापाले बताए । 

सरकारले आयात खोलेपछि र बैंकले पनि लोन टु रेसियो बढाएपछि यो वर्ष अटो क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले निजी सवारीमा ५० प्रतिशत, व्यावसायिकमा ७० प्रतिशत र विद्युतीय सवारीमा ८० प्रतिशतसम्म ऋण प्रवाह गरिरहेका छन् ।

कम्पनीका लागि भने ७० प्रतिशतसम्म लगानी हुनसक्ने भएकाले पनि यसपटक सवारी बिक्रीको चाप बढ्ने अपेक्षा निजी क्षेत्रका अटो व्यवसायीहरूको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x