०८ असार २०८३, सोमबार

भोजपुरमा १० वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भदौ २१, २०८०
भोजपुर
भोजपुरमा १० वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भोजपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा टेम्केमैयुम गाउँपालिका २ घुप्कालुङका ५० वर्षीय कृष्ण राई रहेका छन् । उनलाई बुधवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्