
सिप्रदी अटो पार्ट्स प्रालि र अनलाइन स्टोर दराजबीच सम्झौता भएको छ ।
नेपालमा टाटा जेन्युन् पार्ट्स र टाटा मोटर्स जेन्युन् आयलको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी र नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजबीच अनलाइनमार्फत सामग्री बिक्रीका लागि सम्झौता भएको हो । सम्झौतासँगै अब दराजमा टाटा जेन्युन् पार्ट्स र टाटा मोर्टस् जेन्युन् आयल उपलब्ध हुनेछन् ।
काठमाडौंस्थित हायात प्यालेस होटेलमा भएको सम्झौतामा हस्ताक्षर कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, टाटा मोटर्स्का अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तल, काठमाडौं उपत्यका भित्रका खुद्रा बिक्रेताहरू, देशभरका टाटा गुरुहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिप्रदी अटोपार्ट्स प्रालिका सिनियर जेनरल म्यानेजर युवराज बुढाथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नवीन रानामगरले सहमति र सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अब टाटा मोटर्स्का ग्राहकहरूले छिटो छरितो र सहजरुपमा टाटा जेन्युन् पार्ट्स तथा टाटा मोटर्स् जेन्युन् आयल खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै ग्राहकहरू नक्कली पाटपुर्जाबाट ठगिनुपर्ने अवस्थाको अन्त्य हुने कम्पनीको विश्वास छ । साथै उचित मूल्यमा जेन्युन् पार्ट्सहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।