०२ साउन २०८३, शनिबार

आज तीजको दिन कहाँ-कहाँ वर्षाको सम्भावना ?

असोज १, २०८०
काठमाडौं
आज तीजको दिन कहाँ-कहाँ वर्षाको सम्भावना ?

आज(सोमबार) भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । 

तीजको दिनको मौसम बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । 
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्