×

NMB BANK
NIC ASIA

नेपाल अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुने तयारीमा छः मन्त्री भुसाल

काठमाडाैं | असोज १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
“वर्तमान विकासका चुनौतीहरूः विज्ञान, प्रविधि र नवप्रवर्धनको भूमिका” भन्ने नाराका साथ क्युबाको हवानामा भएको जी– ७७ र चीनको शिखर सम्मेलनमा अतिकम विकसित देशहरूको समूहको तर्फबाट बोल्दै मन्त्री भुसालले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 
सम्बोधनका क्रममा मन्त्री भुसालले भने, ‘हामीले विकसित राष्ट्रहरूबाट प्रविधि हस्तान्तरण गर्ने, शिक्षा प्रणालीमा समाहित गर्ने र प्राविधिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने ठोस प्रतिबद्धताका बावजुद दशकौं बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको प्रविधि हस्तान्तरणका लागि जोड दिनुपर्छ ।’
मन्त्री भुसालले अति कम विकसित राष्ट्र (एलडीसी) का लागि दोहा कार्ययोजना कार्यान्वयन गर्न ग्लोबल साउथको सहयोगको लागि आह्वान गरेका छन् । 
उक्त कार्ययोजनाले एलडीसीहरूमा एसटीआईहरूको विकासलाई प्रमुख प्राथमिकताको रूपमा प्रस्तुत गरेको छ । 
साथै मन्त्री भुसालले नेपालको विकास नीति र प्राथमिकताका बारेमा प्रकाश पार्दै अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बताए ।
यता मन्त्री भुसालले क्युवाका कृषि मन्त्री यडेल ब्रिटोसँग पनि भेट गरेका छन् । समकक्षीसँगको भेट कृषिको यान्त्रिकीकरण र प्रविधिको सहयोगमा कृषि उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री मन्त्री भुसालले शिखर सम्मेलन आयोजना गरेकोमा आफ्ना समकक्षी ब्रिटोलाई बधाई दिँदै आतिथ्यताका लागि धन्यवाद दिएका थिए । 
१५ र १६ सेप्टेम्बर २०२३ सम्म भएको शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री भुसाल १४ सेप्टेम्बरमा हवाना पुगेका थिए । १७ सेटेम्बर मन्त्री भुसाल स्वदेश फर्कने कार्यक्रम छ ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x