२२ जेठ २०८३, शुक्रबार

पाल्पामा नाचिरहेको अवस्थामा साथीहरूबीच झगडा, कुटपिटबाट एक जनाको मृत्यु

असोज १, २०८०
काठमाडौं
पाल्पामा नाचिरहेको अवस्थामा साथीहरूबीच झगडा, कुटपिटबाट एक जनाको मृत्यु

पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-२ स्थित घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कुटपिटबाट गम्भीर घाइते भएका घोडेबासकै २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुटपिटबाट घाइते भएका उनलाई राति नै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई राति पौने २ बजे  मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । 

उनका अनुसार राति साढे १० बजे तीज नाच भइरहेको अवस्थामा खत्री र उनका साथीहरूबीच सामान्य झगडा भएको थियो । त्यही झगडालाई लिएर राति सवा १२ बजे उनीहरूबीच पुन: कुटाकुट भएको उनले बताए । 

झगडा तथा कुटपिटमा संलग्न शङ्कास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्