३१ असार २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड आज कैलाश मानसरोवर जाँदै

असोज ११, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड आज कैलाश मानसरोवर जाँदै

ल्हासा–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधवार तिब्बतको ल्हासा आएका थिए । 

प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् । 

बुधवार ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्ड यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । उनी गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् । –रासस–

salt training

कमेन्ट गर्नुहोस्