×

सरसर्ती २४ घण्टा

धमाधम प्रदेश अधिवेशनमा एमाले, बागमतीमा ओली पक्षको बलियो उपस्थिति

काठमाडाैं | असोज १३, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेकपा एमाले बागमती प्रदेशमा अध्यक्ष केपी ओली पक्षघरको बाहुल्यता देखिएको छ । बागमतीमा ओली पक्ष र इतर पक्षमा विभक्त भएर चुनाव भएकामा गएराति सम्पन्न अन्तिम मतपरिणामअनुसार ओली पक्षको बाहुल्यता देखिएको हो । 


Advertisment

एमाले बागमती प्रदेशको अध्यक्षमा विजयी भएका कैलाश प्रसाद ढुंगेल ओली निकट हुन् । उनले ६९६ मतका साथ विजय हासिल गरेका हुन् ।  यस्तै निकटतम् प्रतिद्वन्द्वी कृष्ण प्रसाद दहालले ४३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।


Advertisment

उपाध्यक्षमा पनि ओली पक्षकै दावा दोर्जे लामा विजयी हुँदा सचिवमा नवराज सिलवाल विजयी भए । यसैगरी पदाधिकारीसहित सदस्यहरुमा पनि ओली पक्षकै बाहुल्यता रहेको छ । 
००००
नेकपा एमाले धमाधम प्रदेश अधिवेशनमा जुटेको छ । कोशी प्रदेशको पहिलो अधिवेशन शुक्रबारदेखि विराटनगरमा जारी छ । जअनुसार शनिबार राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी रहेको छ ।  त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । 
००००
यसैगरी नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रवार साँझ प्रेमबहादुर सिंहले आफूलाई उम्मेदवार घोषणा गरेसँगै ५ जनाको उम्मेदवारी परेको हो ।  

उनीसँगै गुलाबजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रकाश रोकायको उम्मेवारी परेको हो ।
यसअघि एमालेले लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ भने अरु प्रदेशको अधिवेशनपनि असोज तेस्रो अन्तिम साताभित्र सक्ने एमालेको तयारी छ । 
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र  सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिए ।
००००
पहिलोपटक अभ्यास गरेको प्रदेश संरचनाको नेतृत्वमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एकपछि अर्को प्रदेशमा तोडिएको छ । 

ओलीले कुनै पनि हालतमा सहमति गर्न दबाब दिएको लुम्बिनी प्रदेशमा मा गत भदौ २० गते उनी पक्षीय उम्मेदवार पराजित हुन पुगेका थिए । अध्यक्ष ओलीले हरि रिजाललाई सर्वसम्मत बनाउन दबाब दिए पनि अन्ततः उपाध्यक्ष विष्णु पौडेल निकटका राधाकृष्ण कँडेल २ मतले जित्न पुगेका थिए । ओली प्रत्यक्ष नदेखिए पनि पौडेलविरुद्ध महासचिव शंकर पोखरेलले रिजाललाई जिताउन गरेको अधिकतम कदम खेर गएको थियो ।
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री भएको मितिले २० दिन भित्रमा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । यसर्थ असोज २० गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिइसक्नु पर्नेछ । कार्की भदौ २२ गते मुख्यमन्त्री बनेका थिए ।
००००
प्रधानमन्त्री प्रचण्ड अमेरिका र त्यसपछि चीनको भ्रमण पुरा गरेर शनिबार स्वदेश फर्किन लागेका छन् । उनी चीनको छेन्दुबाट आज स्वदेश फर्किन लागेका हुन् । 
००००
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
००००
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ ।
आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिन भित्र रमाना लिई स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरू प्रचलित कानून बमोजिम सरुवारपदस्थापन कामकाज काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
००००
नेकपा एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ ।
असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि शुरू हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
००००
अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको शुक्रबारको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए । 

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x