
माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । राष्ट्रपति चुनावमा निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मुइज्जू माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
मुइज्जूले ५४ प्रतिशत मत ल्याए । सन् १९७८ मा जन्मिएका मुइज्जूले ब्रिटेनको लिड्स विश्वविद्यालयबाट सिविल इनिजीनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा आएका थिए ।
मुइज्जुको दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) चीनसँग नजिक मानिन्छ।