२१ असार २०८३, आइतबार

काँकडभिट्टाबाट शुरू भएको एकीकृत समाजवादीको समाजवाद जागरण अभियान पुग्यो लुम्बिनीमा

असोज २१, २०८०
काठमाडौं
काँकडभिट्टाबाट शुरू भएको एकीकृत समाजवादीको समाजवाद जागरण अभियान पुग्यो लुम्बिनीमा

भैरहवा–नेकपा (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट शुरू गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।

पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ ।  अभियानका यस क्रममा विभिन्न जिल्लामा २८ सभा र सम्मेलन सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, हेटौँडा, चितवनमा ठूला सभा सम्पन्न भएका छन् ।

अभियान अहिले लुम्बिनी प्रदेशमा पुगेको छ । पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् । 

यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले आज मणिग्राम र बुटवलमा सभा अयोजना हुँदैछन् । अभियानक्रममा आर्थिक, राजनीतिक, सामाजिक सुरक्षाका विषयमा जनतासँग सुझाव सङ्कलन गरिएका छन् । ती सुझावलाई समाजवादी नीति निर्माणमा समावेश गरिने उपमहासचिव खतिवडाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्