०२ साउन २०८३, शनिबार

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक

कात्तिक १९, २०८०
काठमाडौं
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद'को बैठक आह्वान गरेका छन् । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हुन्छन् । 

बैठक आज ९:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्