×

सरसर्ती २४ घण्टा

देश–विदेशबाट भूकम्प पीडितलाई सहयोग, सरकार एकद्वार प्रणालीमा

काठमाडाैं | कात्तिक २०, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

शुक्रबार गएको भूकम्पपछि देशविदेशबाट सहयोग आउने क्रम जारी छ । विभिन्न राजनीतिक दल, सरकारी निकाय, स्थानीय तहलगायतले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस्तै चीनसहित विभिन्न मित्र राष्ट्रहरुले पनि सहयोग गर्ने बताइसकेका छन् । 


Advertisment

प्रवासी नेपालीहरुले पनि दुःखको घटीमा राहत संकलन गरेका छन् । सरकारले सबै राहत सामग्री एकद्वार प्रणालीबाट वितरणको नीति लिएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित भएको रिपोर्टहरुमा जनाइएको छ ।
०००००
गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको छ । 
मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका जानकारी दिए ।
००००
सरकारले जाजरकोट भूकम्पबाट प्रभावितलाई घर बनाउन ३ लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । भूकम्पछि आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २०७२ सालको भूकम्पपछि प्रभावितलाई घर बनाउन दिइएको ३ लाखमा यसपटक वृद्धि गर्ने घोषणा गरेको हो । 


Advertisment

तर भूकम्पपछिको पुनर्निर्माणको लागि सरकारले आर्थिक सहयोगको घोषणा केही समयपछि मात्रै गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बताए । यस्तै सरकारले मृतकका परिवारलाई २ लाख दिने भएको छ ।
सरकारले जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भएको छ ।
००००
शुक्रबारको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएकाहरुको आइतबार सामूहिक दाहसंस्कार गरिएको छ ।  जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको हो ।
००००
सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यस्ता सामग्री स्वतः हट्ने व्यवस्था गर्ने भएको छ । गृहमन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गर्दै यस बारेमा गत शुक्रवार मन्त्रालयमा छलफलसमेत भएको जनाएको छ ।
००००
भूकम्पबाट प्रभावित क्षेत्रका घाइतेलाई नेपाल वायु सेवा निगमको जहाजले निस्शुल्क उद्धार गरेको छ । शनिवार बिहानै काठमाडौंबाट रुकुम गएको ‘नाइन एन, एबीटी’ कलसाइनको ट्वीनअटर विमानले घाइतेलाई नेपालगन्ज र काठमाडौंसम्म उद्धार गरेको हो । 
००००
राजनीतिक दलका नेताहरूविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईसँग नेपाल प्रहरीको साइबर ब्यूरोले सोधपुछ गरेको छ ।
००००
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताएका छन् । 
अमेरिका भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्र्मीसँग कुरा गर्दै मन्त्री साउदले आफ्नो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा र्पुयाउन सफल भएको बताए ।
००००
टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए ।
००००
मंसिरको दोस्रो साताका लागि निर्धारण भएको नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।
सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा आइतवार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठकको मिति परिवर्तन गरेको हो ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x