
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित चेकप्वाइन्टबाट अवैध लागूऔषध निषेधित रासायिनिक पदार्थ पोल्यान्ड जस्तो देखिने तीन सय ग्रामसहित बारा निजगढ नगरपालिका–५ घर भएका २२ वर्षीय आशीष दाहाललाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०६–००१ ख ०००१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।