
नेपाल सुपर लिग (एनएसएल) फूटबलमा अग्रता जोगाउन नसक्दा एफसी चितवन काठमाडौं रेजर्ससँग बराबरीमा रोकिएको छ ।
मंगलवार दशरथ रंगशालामा भएको खेलमा चितवन काठमाडौंसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेल सकिन ३ मिनेटअघि कोमिलोव तोजिदिनोवको आत्मघाती गोलमा चितवनले खेलमा अग्रता लिएको थियो । चितवनका फरवार्ड विमल घर्ती मगरको क्रसलाई क्लियर गर्ने क्रममा तोजिदिनोवले आत्मघाती गोल गर्न पुगेका थिए ।
तर खेलको अन्तिम समयमा प्राप्त अग्रतालाई जोगाउन नसक्दा चितवनले काठमाडौंसँग अंक बाँडेको हो ।
इन्जुरी समयमा जुनियर ओग्नगुइन एनकेग्युले गोल गर्दै काठमाडौंलाई अंक दिलाउन सफल रहे ।
प्राप्त १ अंकसँगै काठमाडौं लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानको काठमाडौंको २ खेलबाट ४ अंक भएको छ । चितवनले लिग तालिकामा १ अंक जोडेको छ ।
पहिलो खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसी डी मेचीलाई १–० ले हराएको थियो ।