
यूईएफए च्याम्पिएन्स लिग फुटबलमा आर्सनलले बराबरी खेल्दा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा आर्सनलले पीएसभीसँग १-१ को बराबरी खेलेको हो ।
म्यानचेस्टर युनाइटेड बायर्नसँग ०-१ ले पराजित भएको हो । बायर्नका किङ्ग्सी कोमनले ७० औं मिनेटमा गरेको गोल नै बार्यनका लागि निर्णायक बन्यो ।
यस्तै, राति नै भएका अरु खेलमा रियल मड्रिड विजयी भएको छ । मड्रिडले बर्लिनलाई ३-२ ले हराएको हो । रियललाई जीत दिलाउन जोसेलुले दुई तथा ड्यानी सिबेलोसले एक गोल गरे । बर्लिनका लागि केभिन भोल्यान्ड र एलेक्स केरलले गोल गरे ।
यस्तो छ मंगलबार रातिको नतिजा
