२२ असार २०८३, सोमबार

जेसीबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा

पुस ८, २०८०
काठमाडौं
जेसीबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा

एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटर प्रालिले आफ्नो एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स धनुषाको ढल्केबरमा सञ्चालनमा ल्याएको छ ।

जसको उद्घाटन ढल्केबर– ६ का वडाध्यक्ष नन्दकिशोर यादव, एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, बिजनेस हेड रोशनकुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाह तथा ढल्केबरका स्थानीय ग्राहकमार्फत संयुक्त रुपमा गरियो ।  

यसको शुरूवातसँगै अब ढल्केबरका ग्राहकहरूले पायल मोटर पार्ट्समार्फत सजिलै जेसीबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् । 

‘जसीबी मेसिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसीबी’लाई ‘जेसीबी’ मात्र भन्ने नाराका साथ एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटरको शुरूवात हामीले गरेका हौं र हामीले शुरूदेखि नै ग्राहकबाट एकदमै उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,’ कम्पनीका एक प्रतिनिधिले भने ।

एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटर प्रालि नेपालका लागि जेसीबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । 

कम्पनीले ग्राहकको सहजताका लागि उनीहरूलाई नक्कली पार्टपुर्जाको प्रयोग र जोखिमबाट जोगाउन जेसीबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन्एक्सक्लुसिभ रिटेलरहरू मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्