×

सरसर्ती २४ घण्टा

प्राधिकरणको एक्सनले त्रासमा उद्योगी, अर्थमन्त्रीनै असन्तुष्ट

काठमाडाैं | पुस ११, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जनता समाजवादी पार्टी, (जसपा) नेपालको मंगलबार बसेको बैठकमा साङ्गठनिक प्रस्तावउपर छलफल भएको छ । 
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए ।
००००
प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कामको बढाइचढाइ व्याख्या त गरे नै, भविष्यका लागि केही अर्थपूर्ण घोषणा पनि गर्न भ्याए ।

४६ मिनेटको सम्बोधनमा उनले सरकारले गरेका कामको बढाइचढाइ फेहरिस्त प्रस्तुत गरे । नागरिकले अनुभूत गर्नेगरी डेलिभरी दिन नसकेको अवस्थामा समेत प्रधानमन्त्रीले प्रभावकारी काम गरेको दाबी गर्न भ्याए ।


Advertisment

तर, यसअघिका प्रधानमन्त्रीले घोषणा गर्न नसकेका केही विषयमा भने प्रधानमन्त्रीले आँट गरेरै बोलेका छन् ।
राजनीतिक संक्रमण हटेपछि नागरिकका अपेक्षा र समृद्धिका लागि सरकारले केही गर्न नसकेको आरोप खेपिरहेका बेला प्रधानमन्त्रीले गरेका केही उद्घोष साँच्चै कार्यान्वयन भए प्रशंसा गर्न मिल्ने खालका नै छन् ।
००००
प्रचण्डले आगामी आर्थिक वर्षदेखि सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली परिवर्तन गर्ने बताएका छन् ।
आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक कार्यक्रमका क्रममा देशवासीका नाममा सम्बोधन क्रममा प्रधानमन्त्री दाहालले पुरातन शैलीको नीति तथा कार्यक्रमले नतिजा दिन नसकेको स्वीकार गर्दै अब नयाँ शैली अपनाइने बताएका हुन् ।
००००
प्रचण्डले अब २०८० को दशक तीव्र विकासको दशक हुने पनि बताएका छन् ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन् ।
मोरङको बुढीगङ्गा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादी क्रान्तिकारीले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ ।
क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान भएको हो । 
मार्च पासपछिको सभाका क्रममा सुरक्षाकर्मीसँग क्रान्तिकारीको झडप भएको हो ।
००००
डेडिकेटेड र ट्रंक लाइनको बिल भुक्तानी नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूको विद्युत् लाइन धमाधम काट्न थालेपछि औद्योगिक क्षेत्र त्रसित बनेको छ ।


Advertisment

प्राधिकरणले आफूहरूमाथि ज्यादती गरेको भन्दै उद्योगीहरूले शीर्ष नेतालाई भेटेर गुनासो गर्ने तयारी गरिरहेका छन् ।

यसैबीच अर्थमन्त्री डा प्रकाश शरण महत नै उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा असन्तुष्ट देखिएका छन् । चितवनमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यो विषयमा पुनर्विचार हुनुपर्ने बताएका हुन् । 
उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । प्राधिकरणले हालसम्म ९ उद्योगको लाइन काटेको छ ।
००००
नेपाली कांग्रेस कोशी प्रदेशले राष्ट्रियसभा निर्वाचनका लागि ७० जनाभन्दा बढीको नाम सिफारिश गरेको छ । सोमवार बसेको प्रदेश समिति बैठकले आकांक्षीहरू सबैको नाम सिफारिश गरेको हो ।

राष्ट्रियसभा आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या देखिएपछि प्रदेश समितिले सबै नेताहरूको नाम सिफारिश गरेको बताइएको छ ।
००००
नेपाल नागरिक उड्यन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको सीसीटीभी फुटेजको क्षमता विस्तार भइरहेको जनाएको छ । कार्यालयले २१ दिन देखिको सीसीटीभी फुटेज नरहेको भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।
००००
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि पेसी तोकिएको हो ।

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x