
काठमाडौंको सिफलबाट २१ जना जुवाडे पक्राउ परेका छन् । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ सो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।