
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमालेका दुई उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सोमवार दिउँसो अन्यतर्फ पर्शुराम अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक र समर्थक सिर्जना राई र जयप्रकाश चौधरी छन्।
यस्तै, महिलातर्फ रुक्मणि कोइरालाले उम्मेदवारी दर्ता गराएकी छिन् । उनको समर्थक र प्रस्तावकमा रामप्रसाद मेहता र शिलादीक्षित कार्की रहेका छन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्कीले यसअघि नै मनोनयन दर्ता गराइसकेका छन् ।