१४ असार २०८३, आइतबार

अमेरिकामा बन्दूक राख्न पाउने अधिकार र नोक्शानी

कात्तिक २०, २०७४
अमेरिकामा बन्दूक राख्न पाउने अधिकार र नोक्शानी
काठमाडौं, १७ असोज– लस भेगासमा भएको एक म्युजिक कन्सर्टमा भएको गोलाबारीमा ५९ जनाको मृत्यु र ५ सय जना घाइते भएका थिए ।

गोली चलाउने शंकास्पद व्यक्ति स्टीफन पैडक नामक एक रिटायर्ड व्यक्ति हुन् । अमेरिकी नागरिकसँग हतियार राख्न पाउने अधिकार छ । यस अधिकारको दूरुपयोगकै कारण अमेरिकामा बेला बेलामा आतंक मच्चिने गर्छन् ।   
अमेरिकामा बन्दूक राख्न पाउने अधिकार र यससँग जोडिएका महत्वपूर्ण १० कुराहरु यस प्रकार छन् ।

सन् २०१४ सम्ममा अमेरिकाको जनसंख्या करिब ३२ करोड थियो  भने त्यहाँ रहेका प्रहरी र नागरिकसँग भएको हतियारको कूलसंख्या ३७ करोड थियो ।

सन् २०१४ मा अमेरिकी अदालतमा अपराधसम्बन्धी १४ हजार २ सय ४९ उजुरी परेको थियो । त्यसमध्ये ६८ प्रतिशत अर्थात ९ हजार ६ सय ७५ उजुरीमा बन्दूकको प्रयोग भएको तथ्याङ्क छ ।

त्यही बर्ष ५९ लाख अपराधसम्बन्धी घटना भएको थियो । जसमा १० प्रतिशत अर्थात ६ लाख घटनामा बन्दूकको प्रयोग गरिएको थियो ।

अमेरिकामा सन् २०१४ मा ५६ प्रतिशत हमला, ३० प्रतिशत चोरी,३९ प्रतिशत बलात्कार, ६५ प्रतिशत हत्याको उजुरी परेको थियो ।

सन् २०१४ मा ३१ प्रतिशत अमेरिकी घरमा हतियार भेटिएको थियो । यो संख्या विगत ४० बर्षमध्येकै सबैभन्दा न्यून हो ।  

सरकारी अध्ययनका अनुसार अमेरिकामा १७ बर्षभन्दा कम उमेरका करिब १३ हजार बच्चाहरु बन्दूकको दूरुपयोगबाटै घाइते हुने गरेको तथ्याङ्क छ ।

एक बर्षभित्रमा बन्दूकबाट मारिने अमेरिकी नागरिकहरु एकलाख जनामा १० जना पर्दछन् ।
अमेरिकामा करिब ५५ लाख निजी हतियार उत्पादन हुने गर्छन् । जसमा ९५ प्रतिशत अमेरिकी बजारमा बिक्रिमा राखिने गर्छन् ।

अमेरिकामा रहेका २० प्रतिशत बन्दूक मालिकसँग ६५ प्रतिशत निजी हतियारहरु रहेका छन् । अमेरिकामा हतियार किन्ने व्यक्तिको बारेमा न्यायिक रेकर्ड समेत राखिने गर्दैनन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्