काठमाडौं १७ असोज– नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलवार चुनावी तालमेलको घोषणा हुने भएको छ ।

मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा एउटै चुनाव चिन्ह लिएर जानेगरी तालमेलको घोषणा हुन लागेको हो ।
कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पत्रकार सम्मेलनको आयोजना गरी चुनावी तालमेलको घोषणा गर्न लागिएको हो ।
एमालेले ६० प्रतिसत र माओवादी केन्द्रले ४० प्रतिसत हिस्सा पाउनेगरी तालमेल भएको नेताहरुले बताएका छन् ।
चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गर्नेवारे दुइदलका नेताहरु सहमति नजिक पुगेका छन् ।