२९ असार २०८३, सोमबार

५ थान नक्कली नोटसहित माछापोखरी चोकबाट १ एक महिला पक्राउ

पुस २६, २०८०
काठमाडौं
५ थान नक्कली नोटसहित माछापोखरी चोकबाट १ एक महिला पक्राउ
फाइल तस्वीर ।

काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्