३१ असार २०८३, बुधबार

काठमाडौंमा शुरूभयो सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टन, १५ वर्ष मुनिका खेलाडीको रोचक भिडन्त [भिडियोसहित]

पुस २६, २०८०
काठमाडौं
काठमाडौंमा शुरूभयो सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टन, १५ वर्ष मुनिका खेलाडीको रोचक भिडन्त [भिडियोसहित]

दोस्रो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता– २०८० शुरू भएको छ ।

उक्त प्रतियोगिता नेपालका लागि खेल सामग्री उत्पादक संस्था योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजको आयोजनामा बिहीवार काठमाडौंको मनमैजुमा शुरू भएको हो ।

null

योनेक्स सनराइज इनासको मुख्य प्रायोजन रहेको प्रतियोगितामा यू–१५, यू–१३ र यू–११ छात्र तथा छात्रा दुवैमा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएका छन् । 

बिहीवार शुरू भएको प्रतियोगिता पुष २९ गते सम्म मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमी (जीफोर)को कभर्ड हलमा आयोजना भइरहेको छ ।

null

प्रतियोगितामा देशैभरीबाट करिब १२७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाए । जसमा छात्रातर्फ ३५ जनाको सहभागिता रहेको छ ।

कोशी प्रदेशबाट १ छात्रासहित सहभागी संख्या ६ रहेको छ । यस्तै गण्डकीबाट १ छात्रासहित १२ जना सहभागी रहेको पाइएको छ ।

null

यसैगरी लुम्बिनीबाट ४  र सुदूरपश्चिम प्रदेशबाट ५ जना सहभागी छन् ।

यस्तै बागमतीको काठमाडौंबाट ९४ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

null

प्रतियोगितामा काठमाडौंका विभिन्न क्लब र विद्यालयबाट खेलाडीले सहभागिता जनाएका छन् ।     

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र आयोजक इनास इन्टरप्राइजेजका प्रमुख राजु बाँस्तोलाले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

null 

कार्यक्रममा आयोजक इनास इन्टरप्राइजेजका प्रमुख बाँस्तोलाले ब्याडमिन्टन प्रतियोगिताका लागि एउटा राम्रो हल उपलब्ध गराइदिन सदस्य सचिव घिसिङलाई अनुरोध गरे ।

ब्याडमिन्टन प्रतियोगिता आयोजनाका लागि आफ्नै एउटा हल भएमा सबैका लागि सजिलो हुने थियो,’ उनले भने ।

null 

राखेपका सदस्य–सचिव घिसिङले इटहरी र जुम्लामा उत्कृष्ट ब्याडमिन्टन हल बनेको र त्यहाँ अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने उल्लेख गरे । 

null

‘राखेपको स्वामित्वमा रहेको इटहरीको हल खेलका लागि उपयोगी छ । म जुम्लामा गए त्यहाँ पनि उस्तै पाएँ,’ उनले भने, ‘ब्याडमिन्टन खेलको कसरी विकास गर्न सकिन्छ भन्नेतर्फ भने साथीहरूको ध्यान जान जरुरी छ ।’

null

बिहीवार भएको पहिलो चरणको खेलमा ६६ जनाको सहभागिता रहेको थियो भने ३३ जनाले प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।

null

प्रतियोगितामा मिडिया पार्टनर लोकान्तर सञ्चार प्रालि (लोकान्तर डट्कम) रहेको छ ।

हेरौं भिडियोः 
 


 

salt training

कमेन्ट गर्नुहोस्