२१ असार २०८३, आइतबार

उदयपुरमा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

माघ २, २०८०
काठमाडौं
उदयपुरमा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
फाइल फोटो

उदयपुरमा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कटारी नगरपालिका ८ बेलटार मरुवाका ५० वर्षीय टंकबहादुर कार्की छन् ।

उनलाई सोमवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्