
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरी बलले बाहिर निकालेको छ ।

पुलबाट अन्दाजी १०० मिटर तल खसेको बीआर ०९ सीजी १४३० नम्बरको सिंगल क्याप बोलेरो मंगलवार साँझ नदीबाट बाहिर निकालेको हो ।

६ जना गोताखोरसहित १० जनाको टोलीले डीप डाइभिङ विधिद्वारा खाज तलास गरी गाडी निकालेको सशस्त्रले जनाएको छ ।

उक्त गाडीमा कोही पनि मानिस फेला पर्न भने सकेका छैनन् ।
नदीमा बत्ती बलेको देखिएपछि गोताखोरको टोली प्रवेश गरेको मुग्लिन प्रहरीले जनाएको छ ।
राति नदीमा बत्ती बलेको देखेपछि एकजना स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।