२९ असार २०८३, सोमबार

विद्यालय क्षेत्रका पसलबाट भेटियाे सुर्तीजन्य पदार्थः बरामद गरी नष्ट

माघ ४, २०८०
काठमाडौं
विद्यालय क्षेत्रका पसलबाट भेटियाे सुर्तीजन्य पदार्थः बरामद गरी नष्ट

भरतपुर–भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधवार भरतपुरका विभिन्न विद्यायल क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । 

नागरिकको गुनासो र उजुरीका आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरापलिका उपभोक्ताहित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले बताए । विद्यालय र स्वास्थ्य कार्यालयको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले अनुगमन गर्दै कडाइका साथ कार्यान्वयन गराइने उनको भनाइ छ ।
     
अनुगमन टोलीले भरतपुर–१ पोखराबसपार्कस्थित आदिकवि भानु मावि, रामनगरस्थित रामनगर मावि र भरतपुर–२९ स्थित जुगेडी मावि वरपरका पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेको भेटिएपछि चुरोट, सुर्ती, गुड्खा जफत गरी नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिए । 

उनले विद्यालय क्षेत्रबाट एक सय मिटरभित्र पर्ने किराना र होटलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने बताए । सुर्तीजन्य पदार्थ बरामद गरेपछि पसल सञ्चालकलाई सचेत पनि गराइएको सापकोटाले बताए । 

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ११ को उपदफा ३ मा शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ । विद्यालय नजिकको पसलमा विद्यार्थीको पहुँच हुने भएकाले विद्यालयबाट सय मिटर आसपासका पसलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाइएको हो । 

यस्तै अनुगमन टोलीले नारायणगढको लायन्सचोकस्थित भैँसी र राँगाको मासु बिक्री गर्ने दुई पसल पनि बन्द गराएको छ । सडक नजिकै बिक्रीका लागि खुलारुपमा मासु राखिएकाले बन्द गराइएको भरतपुर महानगरको कार्यपालिका सदस्य गोपाल दराईले बताए । -रासस

salt training

कमेन्ट गर्नुहोस्